आउँदो आईतबार साहस उर्जा लिमिटेडले आईपीओ बाँडफाँट गर्ने भएको छ । गत अशोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि खुलेको आईपीओ अब आईतबार बाँडिने छ। कम्पनी अनुसार सो आईपिओ आईतबार बिहान ९ बजे बाँडफाँड गरिनेछ।
कम्पनीले लगभग ७० करोड रुपैँयाको ७० लाख कित्ता शेयर निष्काशन गरेको थियो। ति मध्ये २ लाख २० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याईएको छ भने ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई रहेको थियो र बांकी रहेका ६४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको थियो।