आईतबार साहस उर्जाको आईपीओ बाँडफाँड, सर्वसाधारणलाई कति कित्ता ?

आउँदो आईतबार साहस उर्जा लिमिटेडले आईपीओ  बाँडफाँट गर्ने भएको छ । गत अशोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि खुलेको आईपीओ अब आईतबार बाँडिने छ। कम्पनी अनुसार सो आईपिओ आईतबार बिहान ९ बजे बाँडफाँड गरिनेछ।

कम्पनीले लगभग ७० करोड रुपैँयाको ७० लाख कित्ता शेयर निष्काशन गरेको थियो।  ति मध्ये २ लाख २० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याईएको छ भने  ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई रहेको थियो र बांकी रहेका ६४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको थियो।

 

 

 

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१८:४७

माथिल्लो लेबलमा शेयर किनेर डुबेका लगानीकर्ताले अब के गर्ने?