एमालेको तामझाम र ओलीलाई बाबुरामले भने – ‘निभ्ने बेलाको बत्ती’

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनलाई ‘निभ्ने बेलाको बत्ती’को संज्ञा दिएका छन्।

भट्टराईले एक ट्वीट गर्दै ठूलो तामझाम सहित शुक्रबारदेखि गोदाबरीमा शुरु भएको एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्ती भनेका हुन्। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएपनि देशले ठूलो मूल्य चुकाउनुपर्ने भट्टराईको भनाई छ।

“खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

साथै भट्टराईले नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने पनि बताएका छन्।

भट्टराईले थप लेखेका छन्,” नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया!”

प्रकाशित : शनिबार, असोज १६, २०७८१०:५७

जेठान मन्त्री बनाएको भन्दै चोलेन्द्र माथि खनिए महेश बस्नेत, भन्न सम्म भने !