काठमाडौँ – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीको क्रेज देखेर विपक्षीहरुमा छटपटी बढेको बताएका छन्।
नेकपा एमालेको विधान महाधिवेशनलाई लिएर अन्य पार्टीका नेताहरुले विभिन्न टिका-टिप्पणी गर्न थालेपछि बाँस्कोटाले एक ट्वीट गर्दै ओलीको क्रेज देखेर विपक्षीहरुमा छटपटी बढेको बताएका हुन्।
शनिबार बिहान मात्र जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेको एमालेको विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती’ भन्दै टिप्पणी गरेका थिए।
भट्टराईको उक्त टिप्पणी प्रति लक्षित गर्दै बाँस्कोटाले विपक्षी दलका केही नेता कार्यकर्ताको नकारात्मक प्रतिकृया र ओली क्रेजप्रतिको छटपटी देख्दा हर्षविभोर भएको बताएका छन्।
“एमालेको चालु महाधिवेशनबारे विपक्षी (अन्य) दलका केही नेता कार्यकर्ताको नकारात्मक प्रतिक्रिया र ओली क्रेजप्रतिको छट्पटी देख्दा म हर्षविभोर छु। यसर्थ कि तीनको आंकलन फेल खाँदैछ र एमालेप्रति आमजनताको आकर्षण दुबोसरी फैलिँदो छ।”,बाँस्कोटाले ट्वीट गर्दै भनेका छन्।