इमरानलाई ऐश्वर्या गर्छिन् यति धेरै घृणा, मुख समेत हेर्न नचाहनुको कारण सुन्दा अचम्म लाग्नेछ !

एजेन्सी – अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकै सबै भन्दा सुन्दर नायिकामा गनिन्छिन्। पछिल्लो समय अभिनयमा खासै सक्रिय नभएपनि ऐश्वर्या चर्चामा रहने गर्छिन्। उनी लगातार चर्चामा रहनुको मूख्य कारण उनको सुन्दरता पनि हो।

तर सुन्दरताका कारण चर्चित ऐश्वर्यालाई लिएर बलिउड अभिनेता इमरान हाशमी खासै मन पराउँदैनन्। एक टेलिभिजन कार्यक्रममै हाशमीले ऐश्वर्या माथि अपमानजनक टिप्पणी गरेका थिए। हाशमीको टिप्पणीले ऐश्वर्या यति रिसाएकी थिइन् कि उनले हाशमीसँग कयौं पटक काम गर्न अस्विकार गरिदिएकी थिइन्।

के थियो घटना ?

एक पटक करण जौहरको शोमा महेश भट्ट र इमरान हाशमी संग ‘रैपिड फायर राउन्ड’मा विभिन्न प्रश्नहरु सोध्दै थिए। करणले कुन कलाकारको नाम सुन्दा मनमा के कुरा जाग्छ भनेर प्रश्न गर्दा ऐश्वर्या नाम सुन्ने बितिकै ‘प्लास्टिक’ भन्दै जवाफ दिए। त्यस्तो जवाफले ऐश्वर्या रायको सौन्दर्य हाशमीलाई वास्तविक नभई प्लास्टिक जस्तै लाग्ने कुरा स्पष्ट बनाइदियो। यो घटना सन् २०१४ को हो।

उक्त जवाफपछि ऐश्वर्या मात्र नभई ऐश्वर्याका प्रशंसकहरु पनि हाशमीसंग रिसाएका थिए। सन् २०१७ मा आएको चलचित्र ‘बादशाहों’ ऐश्वर्यालाई अफर गरिएको थियो। तर चलचित्रमा हाशमी छन् भन्ने थाहापाएपछि ऐश्वर्याले काम गर्न ठाडै अस्विकार गरिदिएकी थिइन्। पछि चलचित्रमा इलयाना डिक्रूजलाई लिइएको थियो। चलचित्र बक्स अफिसमा फ्लप भएको थियो।

ऐश्वर्याले अझै भुलेकी छैनन् हाशमीको टिप्पणी

हाशमीले आफूलाई लिएर गरेको उक्त टिप्पणी ऐश्वर्याले अझै भुलेकी छैनन्। केहि समय अगाडी एक अन्तर्वार्ताका क्रममा उनलाई जीवनमा पाएको सबैभन्दा फोहोरी वा अशिष्ट टिप्पणी के हो? भनेर सोचिएको थियो। जसको जवाफ दिंदै उनले ‘फेक र प्लास्टिक’ भन्दै जवाफ दिएकी थिइन्।

प्रकाशित : शनिबार, असोज १६, २०७८२१:३८

जब झोंकमा सलमानले अनिल कपूरको कठाला समाते …