जब झोंकमा सलमानले अनिल कपूरको कठाला समाते …

एजेन्सी – बलिउड सुपरस्टार सलमान खान र अनिल कपूरले धेरै फिल्ममा सँगै काम गरेका छन्। सलमान र अनिलले सँगै काम गरेका चलचित्रहरुलाई दर्शकहरुको प्रेम समेत मिलेको छ।

मित्रताको कुरा गर्नुपर्दा दुई बीच अहिले धेरै राम्रो सम्बन्ध छ। विभिन्न अवसरहरुमा दुवै एक-अर्काको प्रशंसा गर्दै देखिने गरेका छन्। तर, कुनै एक समयमा भने दुई बीच अहिले जस्तो राम्रो सम्बन्ध थिएन।

एकपटक त दुई बीच झन्डै हात-हालाल नै भएको थियो। घटना सन् १९८७ को हो। त्यहि बेला अनिल कपूर आफ्नो फिल्म ‘हमाला’ को शुटिङमा थिए। चलचित्र फिल्म एन चन्द्रले निर्देशन गर्दै थिए भने सहायक निर्देशकको रुपमा शाहीन जाफरी नाम गरेकी एक युवती थिइन्।

शाहीन अभिनेता अशोक कुमारकी सौतेली नातिनी थिइन्। वेबसाइट ‘आईएमडीबी’ का अनुसार अनिल कपूर फिल्मको छायांकनको क्रममा शाहीनसँग फ्लर्ट गर्थे। अनिल जसरी पनि शाहीनलाई प्रभावित पार्न चाहन्थे। शाहीनलाई मायाजालमा पार्न आनील कपूरले धेरै नै प्रयास गरेका थिए। तर उनका सम्पूर्ण प्रयास असफल भए। आफ्ना सबै प्रयास असफल भएपछि अनिल शाहीन बारे अफवाह फैलाउन समेत पछि पछि परेनन्।

बताइएअनुसार, त्यससमयमा शाहीन र सलमान खान प्रेम सम्बन्धमा थिए। अनिल कपूरले आफ्नी प्रेमिकालाई गरेको व्यवहार देखि सलमान खान क्रोधित भएका थिए। सोहि कारणले गर्दा सलमान अनिललाई तह लगाउन भन्दै फिल्म ‘हमला’को शेटमै पुगेका थिए। सलमानले अनिलको कठाला समेत समातेका थिए। तर शेटमा भएका अन्य कलाकारहरुले सलमान र अनिललाई छुट्याएका थिए।

प्रकाशित : आइतबार, असोज १७, २०७८२३:१६

सोनमको अजिव भन्दा अजिव फेसन, भयो व्यापक ट्रोल ! के-के मात्र भनिएन ?