सोनमको अजिव भन्दा अजिव फेसन, भयो व्यापक ट्रोल ! के-के मात्र भनिएन ?

एजेन्सी – बलिउड अभिनेत्री सोनम कपूर धेरै जस्तो चर्चा र विवादमा हुन्छिन्। सामाजिक संजालमा सबै भन्दा बढी कुनै बलिउड नायिकाको ट्रोल हुन्छ भने ती सोनम हुन् भन्दा पनि धेरै फरक नपर्ला।

आफ्ना कुराहरु स्पष्ट रुपमा राख्ने भएका कारण उनी धेरै आलोचित हुने गरेकी छन्। आलोचना होला भनेर आफ्नो कुरा राख्न पछि नपर्ने उनी सामाजिक संजालमा अलि बढी नै ट्रोल हुने गर्छिन्।

सोनम फेसनका कारण पनि ट्रोल हुने गरेकी छन्। नयाँ-नयाँ फेसनको प्रयोग गर्न नहिच्किचाउने बानिले उनलाई विभिन्न समयमा मजाकको विषय बनाउने गरेको छ। यसै बीच सोनम पुनः एकपटक ट्रोल भैरहेकी छन्। इन्स्टाग्राममा अपलोड गरेको केहि तस्विरका कारण सोनम ट्रोल भएकी हुन्।

के छ तस्विरमा ?

तस्विरमा देखिएअनुसार सोनमले धेरै नै अजिव ड्रेस लगाएकी छन्। उनले लगाएको ड्रेस भन्दा बढी अजिव कपडामा भने प्रिन्ट छ। लैंगिक समानतालाई समर्थन गर्ने प्रिन्ट उनको कपडामा भएपनि सामाजिक संजाल प्रयोगकर्ताहरुलाई भने त्यो मन पर्न सकेन।

सामाजिक संजालमा सोनमलाई बलिउड नायिका रणवीर सिंहसँग तुलना गरेर ट्रोल गरिएको छ। केहिले उनलाई त्यस्तो कपडा लगाएर राति बाहिर निस्किन आग्रह गरेका छन्।

“यो ड्रेस लगाएर राति बाहिर निस्किने काम नगर्नु नि, भूत सम्झिएर भागाभाग होला”,एक सामाजिक संजाल प्रयोगकर्ता सोनमलाई ट्रोल गर्दै लेख्छन्। अर्का एकले लेखेका छन्,”तर्साउने काम नगर्नु न है”

प्रकाशित : सोमबार, असोज १८, २०७८२०:२३

रेखाको यो बानिका कारण आमिरले कहिल्यै काम गर्न चाहेनन् !