आर्सनलका पूर्व स्टार पल मर्सनले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सजायरको क्रिस्टियानो रोनाल्डोलाई एभर्टन विरुद्धको घरेलु खेलमा बेन्चमा राखेकोमा निन्दा गरेका छन्।
म्यानचेस्टर र एभर्टन बीच १-१ को बराबरीपछि मेट्रो को माध्यमबाट स्काई स्पोर्टसँग बोल्दै पल मर्सनले युनाइटेड प्रशिक्षक ओलेको रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय बुझ्न नसकेको बताएका छन्। मिड-विकमा भिल्लारियल विरुद्धको खेलमा विजयी गोल गरेका रोनाल्डो क्लबका प्रमुख खेलाडी हुन्। त्यसैले, पाँच पटकको ब्यालुन डी’ओर विजेतालाई बेन्चमा राख्ने सोल्सजायरको निर्णयले मर्सनलाई चकित बनायो।
आर्सनलका पूर्व खेलाडीले यस सम्बन्धमा भने,”उनी आफैंलाई दबाबमा राखिरहेछन्। रोनाल्डो उनीहरुको प्रमुख खेलाडी हुन्- यसै सिजन मात्र थुप्रै खेलमा क्लबलाई अप्ठेको स्थितिबाट उतारेका छन्। र उनी बेन्चमा छन्। मलाई थाहा छैन उनको सोच के हो।”
युनाइटेडका प्रशिक्षक सोल्सजायर रोनाल्डो र पौल पोग्बालाई एभर्टनको विरुद्ध बेन्च गर्ने निर्णयमा पछुताउन बाध्य थिए। कारण चोटका कारण आफ्ना प्रमुख खेलाडी बिना नै मैदानमा उत्रिएको एभर्टनसँग १-१ को बराबरीमा रोकिनु रहेको छ।