काठमाडौं – पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । बिहान बथरुममा लडेर टाउँकोमा चोट लागेपछि नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याएको र त्यहाँ उनलाई मृ-त घोषित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यरत सञ्जिव पाण्डेले जानकारी दिए ।
घरेलु फुटबलका चर्चित रेफ्री मध्येका ५० बर्षे खत्री बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यहि लडेर अचेत भएपछि अस्पताल लगिएको थियो । पछिल्लो समय खत्री रेफ्री इन्स्ट्रकरका रुमा सक्रिय थिए ।
उमेर हदका कारण सन् २०१८ मा उनले फिफा रेफ्री छाड्न परेको थियो । उनले ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए । अन्तिम श्रद्धान्जलीका लागि खत्रीको शव सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने एन्फाले जनाएको छ । उनकी श्रीमती र १ छोरा छन् ।