हृदयघातको कारण रहेनन् रामायणको ‘रावण’, अन्तिम संस्कार बिहान मुम्बईमा !

टेलिभिजन जगतको चर्चित शो रामायणमा रावणको भूमिका निभाउने अभिनेता अरविंद त्रिवेदीको मृत्यु भएको छ। अभिनेताले ८२ वर्षको उमेरमा अन्तिम सास लिएका हुन्। अरविंदको निधनबाट मनोरंजन जगत जगत र फ्यानबीच शोक चलिरहेको छ। रामानंद सागरको रामायणमा रावणको भूमिका निभाएर घर-घरमा चर्चित भएका त्रिवेदी लामो समयसम्म बिरामी थिए। अघिल्लो रात उनको मृत्यु हार्टअट्याकको कारण भएको थियो। अरविंदको निधनको पुष्टि उनको भतिजो कौस्तुभ त्रिवेदीले गरेका हुन्। जानकारी अनुसार अरविंद त्रिवेदीको अन्तिम संस्कार बुधबार बिहान मुम्बईको दहानुकरवाडी श्मशान घाटमा गरिनेछ।

‘रामायण’ मा रावणको भूमिकाले अरविंद त्रिवेदीलाई सधैँको लागि अमर बनाएको छ। बितेको लकडाउनमा फ्यानको डिमान्डमा यस शोलाई  फेरि प्रशाषन गरिनेछ। जुनले फेरिपनि टीआरपी बटुले। उनले चर्चित टिभी सीरियल ‘विक्रम और बेताल’ मा काम गरे। यो शो पनि लामो समयसम्म चल्यो। मध्य प्रदेशको उज्जैन शहरमा जन्मिएका अरविंद त्रिवेदीले  करिब ३०० भन्दा धेरै हिन्दी र गुजराती फिल्ममा काम गरे। त्रिवेदी २००२ मा सेंट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) को एक्टिंग चेयरमैन बनेका थिए।

प्रकाशित : बुधबार, असोज २०, २०७८११:०९

मलाई ठिक्क पर्न आउँदैन भन्दै आँचलले सार्वजनिक यस्ता तस्विर ! [तस्विर सहित]