मेस्सीलाई बार्सिलोनाबाट निकाल्न यस्तो सम्म षड्यन्त्र भएछ, भयो सबै भान्डाफोर !

ला लिगाका अध्यक्ष जेभियर टेबासले एउटा ठूलो दाबी गर्दै खुलासा गरे कि बार्सिलोनाले गत समरमा मेम्फिस डेपे र सर्जियो अगुएरोलाई अनुबन्ध नगरेको भए अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई गुमाउनु पर्ने थिएन।

आर्थिक संकटमा रहेको बार्सिलोनाले तत्कालिन कप्तान लियोनल मेस्सीसँग लालिगाको नियमका कारण थप सम्झौता गर्न नसक्ने घोषणा गर्दै पूरा विश्व फुटबललाई चकित तुल्याएको थियो। जसको केहि दिनभित्र नै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग फ्री-ट्रान्सफरमा अनुबन्ध भएका थिए।

गत अगस्टमा क्याटालान महारथीका अध्यक्ष जोआन लापोर्टाले लालिगाको १०% शेयर सीभीसी क्यापिटल पार्टनर्सलाई बेच्न सहमत भएको भए आफू मेस्सीलाई क्लबमा राख्न सफल हाने पुष्टि गरेका थिए। तर क्लब अध्यक्षको नाताले एक खेलाडीको लागि आफूले क्लबको भविष्य अन्धकारमा नपार्ने भन्दै उनले उक्त सम्झौता अस्वीकार गरेका थिए।

यस्तोमा लालिगा अध्यक्ष भने यदि बार्सिलोनाले पूर्व सिटी स्टार सर्जियो अगुएरो र डच स्टार मेम्फिस डेपेलाइ अनुबन्ध नगरेको भए क्लबले मेस्सीलाई राख्न सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। “मैले लापोर्टाको घरमा डिनर गरें र उनी सिभिसी सम्झौतामा हस्ताक्षर गर्न सहमत भए। त्यसो गर्दा पनि उनीहरुले मेस्सीलाई राख्न सक्ने भन्ने पक्का थिएन। तर पछि लापोर्टाले मलाई कल गर्दै सिभिसी सम्झौता छिटो गर्न सक्छौं ? किनकि मेस्सी घबराइरहेका छन्,” टेबासले खुलासा गरे।

तर रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनाको डरले लापोर्टाले सिभिसी सम्झौतामा सहमत नभएको पनि खुलासा गरेका छन्। “लापोर्टाले सिभिसी सम्झौता अगाडी बढाउन सकिन्छ भनेर प्रश्न गरेपछि मैले फियोरेन्टिनाले थाहा पाए भने तपाईंको भान्डाफोर गर्छन् भन्दा लापोर्टा डराए,” उनले भने।

यसका साथै बार्सिलोनाले डेपे र अगुएरो अनुबन्ध नगरेको भए मेस्सीलाई क्लबमा राख्न सफल हुने समेत बताएका छन्। उनले भने,”लापोर्टाले मेम्फिस, अगुएरो जस्ता खेलाडीहरुलाई हस्ताक्षर गरे … यदि उनले ती खेलाडीहरुलाई अनुबन्ध नगरेको भए उनले मेस्सीलाई राख्न सक्थे।”

प्रकाशित : बुधबार, असोज २०, २०७८१५:१३

“बाहिर बढी हल्ला भयो, बार्सिलोना कम्जोर भएपनि पत्रु भएको छैन”