शुक्रबार यस हाइड्रोपावरको आइपिओ बाँडफाँड हुदै: २० लाख भन्दा बढिको हात खाली!

काठमाडौँ, बुद्ध भुमि नेपाल हाइड्रोपावर  कम्पनिको आइपिओ बाँडफाँड  शुक्रबार हुने भएको छ । यस कम्पनिले सर्वसाधारणको लागि गत असोज ११ गतेबाट आइपिओ  निष्काशन तथा बिक्री खुला गरेको थियो  ।

असोज  ११ गतेदेखि १४ गतेसम्म परेका आवेदनहरुको डाटा भेरिफिकेसन भैरहेको र त्यो अन्तिम चरणमा रहेको सिभिल क्यापिटलले जनाएको छ। बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार आइपिओ बाँडफाँड हुनेछ।

यस  कम्पनिको आइपिओ मागभन्दा ३६.१८ गुणा बढी आवेदन परेको छ। बिक्रि प्रबन्धकका अनुसार कुल २,६९,२०,१२० एकाईको लागी २१,४२,००० ले आवेदन दिएका छन् । जसअनुसार १० कित्ताको दरले ७४ हजार ४ सय जना भाग्यमानीले शेयर पाउने छन भने बाँकि २०,६७,६०० जना आवेदकको हात खाली हुनेछ  ।

यस कम्पनिले प्रति सेयर १०० मूल्यका दरले ८ करोड रुपैया बराबरको ८ लाख कित्ता शेयर बिक्रि खुला गरेको हो। जसमध्ये १६००० कित्ता (२%) कम्पनीका कर्मचारीलाई, ४० हजार कित्ता (५%) म्युचल फन्डलाई र  बाकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्टयाईएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  सिभिल क्यापिटल मार्केट लिमिटेड  रहेको छ ।

कसरी हेर्ने नतिजा  ?

आइपिओको नतिजा सिडिएससीको वेबसाइट (https://iporesult.cdsc.com.np/) बाट हेर्न सकिन्छ । जसको लागि सिडिएससीको वेबसाइटमा गएर कम्पनि सेलेक्ट गरि 16-digit BOID मा आफ्नो डिम्याट नम्बर राखेर हेर्न सकिन्छ। साथै बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, असोज २०, २०७८१८:०९

अबको केहि समयमै यस हाइड्रोपावरको आइपिओ बाँडफाँड हुदै, कसको भागमा कति?