एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री विद्या बालनले फिल्म उद्योगमा ठूलो स्थान हासिल गरेकी छिन्। उनले आफ्नै मिहिनेतले बलिउडमा आफ्नो ठाउँ बनाएकी हुन्। फरक किसिमका चलचित्रमा काम गर्ने भएका कारण बालनले दर्शक माझ छुट्टै स्थान बनाएकी छन्।
कयौं चलचित्रमा काम गरेकी बालनलाई धेरैले चलचित्र ‘द डर्टी पिक्चर’का कारण चिन्छन्। चलचित्रमा उनले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको भूमिका निभाएकी थिइन्। चलचित्रमा उनको अलावा नसीरुद्दीन शाह, इमरान हाशमी र तुषार कपूर जस्ता कलाकार पनि मूख्य भूमिकामा थिए।
धेरैलाई थाहा नहुन सक्छ, पहिलो पटक चलचित्रको स्क्रिप्ट पढ्दा विद्या चकित परेकी थिइन्। सो बारे विद्याले द अनुपम खेर शोमा खुलासा गरेकी थिइन्। विद्याका अनुसार मिलन लूथ्रिया उनलाई स्क्रिप्ट सुनाउन आएका थिए।
त्यसपछि विद्याले मिलन लूथ्रियालाई ‘के तपाई यो चलचित्र गर्न पक्का चाहनुहुन्छ?’ भनेर सोधेकी थिइन्। मिलनले चलचित्र पक्का बनाउने बताएपछि आफू चलचित्रको तयारीमा जुटेको विद्याको भनाई छ। चलचित्रमा अलि धेरै खुल्नुपर्ने भएको बारे आफूले प्रश्न गर्दा मिलनले धेरै नसोच्न भनेको विद्याले बताइन्।
के थियो विद्याको आमा-बुवाको रियाक्सन ?
चलचित्रमा काम गर्ने पक्का भएपछि विद्याले सो बारे उनकी आमा-बुवालाई पनि जानकारी गराएकी थिइन्। चलचित्र के हो हो, कस्तो कथा हो सबै बताएकी थिइन्। विद्या भन्छिन् कि चलचित्रको कथा बारे थाहा भएपछि पनि उनका आमा-बुवाले चलचित्रमा काम गर्न अनुमति दिएकी थिइन्। अर्को अर्क अन्तर्वार्तामा विद्याले चलचित्र हेर्दा उनका पिता ताली बजाउँदै थिए भने उनकी आमा रुँदै थिइन्।