“मेस्सीले बार्सिलोनालाई धोका दिए, सित्तैमा भएपनि खल्नु पर्थ्यो”

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले बार्सिलोनामा लियोनेल मेस्सीले निशुल्क खेल्छन् भन्ने आशा राखेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा बार्सिलोनामा नयाँ सम्झौता गर्न नमिलेपछि उनी सित्तैमा खेल्न समेत तयार हुन्छन् होला भनेर आफूले आशा गरेको खुलासा गरेका हुन्।

लालिगाको विभिन्न नियमहरुका कारण बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता गर्न मिलेको थिएन। विभिन्न विकल्पहरु बारे छलफल हुनेक्रममा मेस्सी बार्सिलोनामा रहन चाहेका निशुल्क खेल्नुपर्ने विकल्प मात्र बाँकी थियो।

मेस्सी गएको डेढ दशक देखि बार्सिलोनामा रहेका कारण उनी निशुल्क खेल्नु परेपनि तयार हुनेमा आफू त्यसबेला विश्वस्त भएको लापोर्टाले बताए। मेस्सीले निशुल्क खेल्छन् भन्ने आशा गरिएपनि त्यस्तो प्रस्ताव आफूले राख्न नसकेको लापोर्टाको भनाई छ।

“मलाई आशा थियो कि अन्तिम मिनेटमा मेस्सीले नि: शुल्क खेल्ने निर्णय गर्नेछन्। त्यस सम्बन्धमा मसँग कुरा गर्छन् होला भनेर मैले सोचेको थिएँ।”,एक अन्तर्वार्ताका क्रममा लापोर्टाले भने।

त्यस्तै लापोर्टाले मेस्सी बार्सिलोनामा रहन धेरै जोडबल गरेको स्मरण पनि गरे। मेस्सीले बार्सिलोनामा रहन गरेका सम्पूर्ण प्रयास असफल भएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने निर्णयमा पुगेको लापोर्टाको भनाई छ।

उनले भने,”मेस्सी बार्सिलोनामै रहन चाहन्थे। तर समय र परिस्थितिका कारण त्यो सम्भव भएन। पिएसजी गए भनेर म उनीसँग रिसाउन सक्दिन। किनकि उनी मेस्सी हुन्।”

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१५:४४

“न्युकासल सिटी र पिएसजी जस्तै ठूलो हुनेछ”