ब्यालुन डी ओर २०२१ को मनोनयन आज सार्वजनिक हुँदै, को-को पर्लान् ?

गत वर्ष स्थगित भएको ब्यालुन डी ओर अवार्ड यस वर्ष पुन: फर्कंदैछ। पछिल्ला १२ मध्ये १ पटकका विजेता रोनाल्डो र मेस्सी जस्ता ठूला नाम मनोनयनको सूचीमा फेरी पनि पर्ने आशा गरिएको छ।

फ्रान्स फुटबलका अनुसार यस वर्षको ब्यालुन डी ओर अवार्डका लागि मनोनयन आज सार्वजनिक हुनेछ भने आधिकारिक समारोह २९ नोभेम्बर २०२१ मा पेरिस, फ्रान्सको थिएटर डु च्याटलेटमा हुनेछ। गत वर्ष यस पुरस्कार कोरोना महामारीका कारण स्थगित भएको थियो। १९५६ मा यसको स्थापनापछि गत वर्ष पहिलो पटक कुनै कारणले यो अवार्ड स्थगित भएको हो। फ्रान्स फुटबलले वार्षिक पुरस्कार रद्द गर्ने निर्णय गर्नु अघि बार्यन म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले गत सिजन यो उपाधि जित्ने अपेक्षा गरिएको थियो।

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबै २०२१ को ब्यालुन डी ओर को लागि मनोनित हुने अपेक्षा गरिएको छ। मेस्सी यस अवार्डका ६ पटकका विजेता हुन् भने रोनाल्डो ५ पटकका ब्यालुन डी ओर विजेता हुन्।

यस वर्षको ब्यालुन डी ओर अवार्डका यी हुन् प्रमुख दाबेदार (स्काईबेटको बेटिङ अडका साथ)

१. लियोनल मेस्सी १/२

२. रोबर्ट लेवान्डोस्की ५/१

३. जर्जिन्हो ५/१

४. केभिन डी ब्रुएन १२/१

५. एन्गोलो कान्ते १२/१

६. क्रिस्टियानो रोनाल्डो १६/१

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१५:०९

“मेस्सीले बार्सिलोनालाई धोका दिए, सित्तैमा भएपनि खल्नु पर्थ्यो”