यी हुन् पछिल्लो दशकका शीर्ष १० फुटबलर !

एजेन्सी – पछिल्लो दशकमा विश्व फुटबलले धेरै नयाँ प्रतिभा पायो र सँगसँगै नाम चलेका खेलाडीहरुको बिदाइ पनि देख्यो । यसक्रममा केहि यस्ता खेलाडी रहे जसले दशकभर आफ्नो दवदवा कायम राखे ।

पछिल्लो दशकमा तीन फुटबल विश्वकप सम्पन्न भए । सन् २०१०, २०१४ र २०१८ को विश्वकप मात्रले पनि विश्व फुटबललाई धेरै यादगार क्षण छाडेर गयो । पछिल्लो दशक व्यक्तिगत प्रदर्शनको पक्षमा भने लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै वरपर घुमीरहयो । दुवै खेलाडीबीच निकै प्रतिस्पर्धा पनि भयो ।

पछिल्लो एक दशकको प्रदर्शनलाई आधार मान्दा विश्व फुटबलले पछिल्लो दशकमा देखेको शीर्ष १० फुटबल खेलाडी यसप्रकार छन् :

१०. लुइस सुआरेज

देश : उरुग्वे

पोजिसन : फरवार्ड

हालको क्लब : एथलेटिको म्याड्रिड

सुआरेजले सन् २०११ मा डच लिगको उपाधि र त्यसवर्ष लिगको उत्कृष्ट खेलाडी उपाधि जितेपछि चर्चा बटुलेका थिए । लिभरपुलमा आएपछि आफ्नो खेललाई थप उचाई दिएका उनले विश्व कीर्तिमानी रकममा बार्सिलोना पुगे । उनले त्यहाँ पनि लगातार आफ्नो लय जारि राख्दै स्पेनिस लिगको सर्वाधिक गोलकर्ता समेत भए ।

९. ज्लाटन इब्राहिमोभिच

देश : स्विडेन

पोजिसन : फरवार्ड

हालको क्लब : एसी मिलान

इब्राहिमोभिचले पछिल्लो दशकमा सबै क्लबमा गरेर कुल ७ सय ५० खेल खेल्दै ४ सय ३६ गोल गरे । उनले यसक्रममा करिब ३० उपाधि जितेका छन् । उनले इटाली, स्पेन, फ्रान्स र इंग्ल्यान्ड सबै देशमा आफ्नो प्रभाव जमाउन सफल रहे । स्विडेनका सर्वाधिक सफल खेलाडीका रुपमा दरिएका उनले सात फरक क्लबबाट च्याम्पियन्स लिग खेलेका छन् । सन् २०१३ मा इंग्ल्यान्ड विरुद्ध उनले गरेको बाइसाइकल किक गोल सायदै कसैले बिर्सन सक्ला ।

८. टोनी क्रुस

देश : जर्मनी

पोजिसन : मिडफिल्डर

हालको क्लब : रियल म्याड्रिड

टोनी क्रुसले बायर लेभरकुसेनबाट सुरु गरेको सिनियर यात्रालाई बायर्न पुगेर उपाधिको सिलसिलामा बदले । जर्मन च्याम्पियनका लागि लामो समय खेल्दै च्याम्पियन्स लिग समेत जिताएका उनले रियललाई लगातार तीन उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । जर्मनीका लागि विश्वकप समेत जितेका क्रुसले मिडफिल्डरको भूमिका खेलमा कति प्रभावशाली हुन्छ भन्ने दिन प्रतिदिन देखाउँदै आएका छन् ।

७. सर्जियो अगुएरो

देश : अर्जेन्टिना

पोजिसन : फरवार्ड

हालको क्लब : बार्सिलोना

अगुएरोले दशकको सुरुवातमा एटलेटिको म्याड्रिडबाट खेल्दै चौतर्फी चर्चा बटुले । उनले २ सय ३४ खेलमा १ सय १ गोल गर्दै क्लबलाई युरोपा लिग र यूईएफए सुपर कप उपाधि दिलाए । त्यसपछि म्यानचेस्टर सिटी आएका उनले क्लबलाई पहिलो प्रिमियर लिग उपाधि दिलाउने क्रममा अन्तिम खेलको ९४ औं मिनेटमा गोल गर्दै विश्व फुटबलमै सनसनी मच्चाए । त्यसयता सिटीको सफलतामा लगातार निर्णायक भूमिका खेल्दै आएका अगुएरो विश्व फुटबलले पाएको प्रतिभावान फरवार्डमा पर्छन् ।

६. सर्जियो रामोस

देश : स्पेन

पोजिसन : डिफेन्डर

हालको क्लब : पेरिस सेन्ट जर्मेन

रामोसले रियल म्याड्रिड र स्पेनका लागि पछिल्लो दशक उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोलीको सफलतामा निर्णायक भूमिका खेले । विशेषगरी उनले सन् २०१३-१४ सिजनको च्याम्पियन्स लिग फाइनलमा ९३ औं मिनेटमा बराबरी गोल फर्काउँदै एटलेटिको म्याड्रिडको मुखैबाट उपाधि खोसेका थिए । उनले स्पेनलाई सन् २०१० को विश्वकप र २००८ र २०१२ को युरो दिलाउन पनि हरेक खेल खेलेका थिए । पछिल्लो समय रियलको कप्तान समेत रहेका उनले डिफेन्डरले खेलमा पार्ने प्रभावबारे विश्व फुटबलको नजर नै बदलेका छन् ।

. नेयमार

देश : ब्राजिल

पोजिसन : फरवार्ड

हालको क्लब : पेरिस सेन्ट जर्मेन

ब्राजिलियन फरवार्ड नेयमारले युवा अवस्थामै सान्तोसलाई लगातार दुई उपाधि दिलाउँदा आफूलाई स्टार बनाइसकेका थिए । युरोपमा बार्सिलोना आएपछि प्रदर्शनसँगै उनको चर्चा पनि चुलिएको थियो । बार्सिलोनामा मेस्सी र सुआरेजसँग समझदारीले झनै सफलता हात पारेका उनी विश्व कीर्तिमानी रकममा पीएसजी पुगे । क्लब फुटबलमा त्यसपछि केहि सेलाएका उनले राष्ट्रको लागि भने अपेक्षित प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । यसका बाबजुद उनले जितेको १८ उपाधि र व्यक्तिगत रुपमा गरेको प्रदर्शन भने गएको दशकमा सधैं चर्चामै रहयो ।

४. जियानलुइजी बुफोन

देश : इटाली

पोजिसन : गोलरक्षक

हालको क्लब : पार्मा

हाल ४३ वर्षको उमेरमा पनि बुफोन इटालियन च्याम्पियन युभेन्टसको गोलरक्षकका रुपमा रहेका छन् । करीअरको अधिकांश समय यसै क्लब बिताएका उनले बीचमा पीएसजीका लागि पनि खेले । इटालीका लागि १ सय ७६ खेल खेलेका उनी विश्व फुटबलमा नै दिग्गजका रुपमा परिचित छन् । अझैपनि क्लब फुटबलमा लगातार सफलता हासिल गर्दै आएका उनले गोलरक्षक विधामा छुट्टै अध्याय लेखेका छन् ।

३. आन्द्रेस इनीएस्टा

देश : स्पेन

पोजिसन : मिडफिल्डर

हालको क्लब : भिसेल कोबे

करीअरको मुख्य पाटो बार्सिलोनासँग बिताएका इनीएस्टाले क्याटलान क्लबसँग रहेर ३३ उपाधि जिते । मैदानमा बलसँग शालीन देखिने उनको व्यक्तिगत स्वभाव पनि सोहिअनुसारको थियो । मिडफिल्डमा खेलेर खेलको नक्सा नै बदल्न सक्ने इनीएस्टाले स्पेनको राष्ट्रिय टोलीमा पनि बेग्लै प्रभाव जमाएका थिए । विश्व फुटबलकै सर्वाधिक सफलमध्यका मिडफिल्डर इनीएस्टाले करिअरको अन्त्यतिर बार्सिलोना छाडेर एसियाली लिग रोज्नुले पनि उनको चर्चा थप बढाएको थियो ।

२. क्रिस्टियानो रोनाल्डो

देश : पोर्चुगल

पोजिसन : फरवार्ड

हालको क्लब : म्यानचेस्टर युनाइटेड

रियल म्याड्रिडमा लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेर युभेन्टस आएका रोनाल्डोले क्लब फुटबलमा जित्न बाँकी सायदै कुनै उपाधि होला । च्याम्पियन्स लिगमा बेग्लै इतिहास बनाएका रोनाल्डोले आफ्नो करीअरमा २७ उपाधि जितेका छन् । ३६ वर्षको उमेरमा पनि रोनाल्डोको शारीरिक स्फूर्ति हेर्ने हो भने युवा खेलाडीको जस्तो रहेको छ । मैदानमा अझैपनि उनी युवा अवस्थाका खेलाडीझैं उत्रिन्छन् । पाँच ब्यालोन डी’ओर उपाधि जित्नुले पनि उनको सफलताको आँकलन गर्न सकिन्छ ।

१. लिओनेल मेस्सी

देश : अर्जेन्टिना

पोजिसन : फरवार्ड

क्लब : पेरिस सेन्ट जर्मेन

पछिल्लो दशक लिओनेल मेस्सीले विश्व फुटबलमा कुल ६ ब्यालोन डी’ओर उपाधि जित्दै नयाँ अध्याय लेखे । करीअरको सुरुवातदेखि नै बार्सिलोनाको जर्सीमा रहेका उनले यसबीचमा ३२ उपाधि जिते । मेस्सीले आफू गोल गर्ने त छँदै छ आफ्ना सहकर्मीका लागि असिस्ट दिने कार्य पनि उत्तिकै गतिमा अगाडी बढाए । अन्तर्राष्ट्रिय फुटबलमा केहि कमजोर रहेकोमा अर्जेन्टिनी समर्थक रुष्ट हुनु स्वभाविक हो । तर मेस्सीले समग्र विश्व फुटबलमा भने लगातार उत्कृष्ट प्रदर्शन र सफलताका साथ बेग्लै स्थानमा उभ्याउन सफल भएका छन् ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४९

क्लबको मैदानको बीच मै श्रीमतीसंग यौ-न सम्पर्क गरेपछि जे भयो…..