फुटबल इतिहासमा कसले कति पटक जितेका छन् ब्यालुन डी ओर ? हेर्नुहोस् टप १० खेलाडी !

एजेन्सी – फुटबल जगतमा यदि सबै भन्दा बढी महत्व कुनै व्यक्तिगत उपाधिको कुरा हुन्छ भने त्यो ब्यालोन डी’ओर हो। हरेक वर्ष सबै भन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइने उक्त अवार्ड जित्ने लगभग सबै फुटबल खेलाडीको सपना हुन्छ।

सन् १९५६ मा शुरु भएको यो अवार्ड विश्वको पूरानो अवार्ड पनि हो। यो अवार्ड सबै भन्दा पहिला इंग्ल्याण्डका स्टानले म्याथ्यूजले जितेका थिए। ब्यालोन डी’ओर गत वर्ष मात्र रद्द भएको थियो। गत वर्ष बाहेक सन् १९५६ पछि हरेक वर्ष यो अवार्ड वितरण हुँदै आएको छ। गत वर्ष भने कोरोना महामारीका कारण अवार्ड रद्द भएको थियो।

ब्यालोन डी’ओर जित्ने मामलामा एक दशक भन्दा बढी समय देखि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो छन्। मेस्सीले अहिले सम्म ६ पटक ब्यालोन डी’ओर जितिसक्दा रोनाल्डोले ५ पटक जितेका छन्। तीन भन्दा बढी पटक ब्यालोन डी’ओर जित्ने खेलाडी मेस्सी र रोनाल्डो मात्र हुन्। अन्य कुनै पनि खेलाडीले यो उपाधि तीन पटक भन्दा बढी जित्न सकेका छैनन्।

सन् २०८ यता ब्यालोन डी’ओरमा मेस्सी र रोनाल्डोको अधिपत्य छ। त्यसयता अहिले सम्म एक अवसर बाहेक अन्य कुनै पनि खेलाडीले ब्यालोन डी’ओर जित्न सकेका छैनन्। सन् २०१८ मा लुका मोड्रिचले ब्यालोन डी’ओर जितेका थिए।

सबै भन्दा धेरै ब्यालोन डी’ओर जित्ने शिर्ष १ खेलाडी निम्न छन् –

position Player Country Ballons d’Or Years
1 Lionel Messi Argentina 6 2009, 2010, 2011, 2012, 2015, 2019
2 Cristiano Ronaldo Portugal 5 2008, 2013, 2014, 2016, 2017
3 Michel Platini France 3 1983, 1984, 1985
4 Johan Cruyff Netherlands 3 1971, 1973, 1974
5 Marco van Basten Netherlands 3 1988, 1989, 1992
6 Franz Beckenbauer Germany 2 1972, 1976
7 Ronaldo Brazil 2 1997, 2002
8 Alfredo Di Stefano Alfredo Di Stefano 2 1957, 1959
9 Kevin Keegan England 2 1978, 1979
10 Karl-Heinz Rummenigge Germany 2 1980, 1981
प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

पेनाल्टी हान्न को छ अगाडी ? रोनाल्डो कति नम्बरमा ?