‘आफू मात्र सिङ्गो चोउटा खान्छु भनेर नसोच्नु’ भन्दै नेयमार-मेस्सीलाई एम्बाप्पेको चेतावनी !

फ्रेन्च युवा सुपरस्टार खेलाडी किलियन एम्बाप्पेले मेस्सी-नेयमार र आफूले एकसाथ मिलेर काम गर्नुपर्ने बताएका छन्। विश्व फुटबलमा सबैभन्दा घातक ट्रियोको रूपमा हेरिएको मेस्सी-नेयमार-एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सफल हुनको लागि मिलेर काम गर्नु पर्ने एम्बाप्पेले दाबी गरेका छन्।

फ्रान्सेलीले यस सिजनमा कठिनाइ भोग्नु परेको देखिन्छ। विशेषगरी ब्राजिलियन स्टार नेयमारले आफूलाई बल पास गर्न असफल भएकोमा बेन्चमा २९ वर्षीय स्टारको आलोचना गरेको देखिएको थियो। “यदि तपाईंले त्यस्ता टप खेलाडीहरुसँग खेल्नुहुन्छ भने तपाईंले तीनै स्टारलाई केक सेयर गर्नुपर्छ ताकी सबैले खान सकुन्,” २२ वर्षीय स्ट्राइकरले आरएमसी स्पोर्टसँग भने,”तपाईंले एक खेलाडीलाई पास दिन्छु र अर्कोलाई दिन्न भन्न मिल्दैन।”

“तपाईं स्मार्ट हुनु पर्छ। त्यहाँ सधैं निराशाको क्षणहरु हुनेछन्, तर हामी तीनको एक मात्र रुचि भनेको पीएसजीको जीत हुनुपर्छ।” आफू र नेयमार बीचको घटनाको बारेमा थप सोध्दा २२ वर्षीय फ्रेन्च स्टारले यसबारे खोले।

उक्त घटना बारे बोल्दै एम्बाप्पेले भने,”यस्तो घटना कहिलेकहिँ हुन्छ, त्यसबारे मैले धेरै सोच्नु पर्ने थियो, तर मलाई पछुतो छैन। यो बाहिरबाट हेर्दा अनौठो लाग्न सक्छ, तर भित्रमा हामी जान्दछौं कि कसरी चीजहरु हुन्छन्।” ब्राजिलियन स्टार प्रति खेलाडी र व्यक्तिको रूपमा निकै सम्मान गर्ने पनि एम्बाप्पेको भनाई रहेको छ।

मेस्सीको आगमनले फ्रेन्च स्टार खुसी नरहेको हल्ला चलिरहँदा उक्त हल्ला पनि साँचो नभएको विश्व विजेता एम्बाप्पेले भने। “मेस्सीसँग खेल्न निकै सहज छ। उनले फुटबललाई निकै राम्रोसँग बुझेका छन्, के गर्नुपर्छ भन्ने सबै थाहा छ,” एम्बाप्पेले भने।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

सन्यासी मेस्सीबाट प्रभावित भएका एम्बाप्पे ? फ्रान्सका लागि सन्यास लिने गरेछन् सोच !