यी नायिकाले छाडेनन् आफ्नै साथीका पूर्वप्रेमी, एकले त आफ्नै नन्दका प्रेमिलाई पनि छाडिनन् !

एजेन्सी – बलिउडमा प्रेम, अफेयर, धोका, विवाह, सम्बन्ध विच्छेद सबै सामान्य मानिन्छन्। बलिउडमा कसको कोसँग सम्बन्ध जोडिन्छ र कोसँग टुट्छको समेत ठेगान हुँदैन। बलिउडमा यस्ता धेरै कलाकार छन् जसले प्रेम एकजनासंग गरेर विवाह अर्कैसँग गरेका छन्। त्यति मात्र होइन बलिउडमा केहि यस्ता नायिका समेत छन्, जो आफ्नै साथीका पूर्वप्रेमिसँग प्रेममा परे। आफ्नै साथीको पूर्वप्रेमीसंग प्रेममा पर्ने केहि नायिका निम्न छन्।

आलिया भट्ट

आलिया लामो समयदेखि बलिउड नायक रणबीर कपुरसँग प्रेम सम्बन्धमा थिईन्। अन्तत: रणबीर र आलियाको विवाह भयो। आलिया भन्दा अगाडी रणबीरसंग कटरिना कैफ प्रेम सम्बन्धमा थिइन्। कुनै एक समयमा आलिया र कटरिना मिल्ने साथी थिए। यस हिसाबले आलिया अहिले आफ्नै साथीका पूर्वप्रेमिसँग विवाहित छिन्।

रिया चक्रवर्ती

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्ती चर्चामा आएकी थिइन्। रिया भन्दा पहिले सुशान्त सारा अली खानलाई डेट गर्दै थिए। रिपोर्टका अनुसार सारा र सुशान्त फिल्म केदारनाथको समयमा प्रेममा परेका थिए। त्यतिबेला रिया र सारा अली खान धेरै राम्रो साथी थिए।

अनन्या पाण्डे

आजकल अभिनेत्री अनन्या पाण्डे को नाम उनको कोस्टार ईशान खट्टरसँग जोडिन थालेको छ। तर एक समय थियोकी ईशान जान्हवीलाई डेट गर्दै थिए। त्यतिबेला जान्हवी र अनन्याको बीचमा धेरै राम्रो मित्रता थियो।

मलाइका अरोडा

मलाइका अहिले अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन्। दुई बीच विवाह हुने चर्चा समेत चलिरहेको छ। अर्जुन पहिला मलाइकाकी पूर्वनन्द अर्थात अरबाजकी बहिनीसंग सम्बन्धमा थिए। त्यसबेला मलाइका र अरबाजकी बहिनी अर्पिता साथी जस्तै थिए। तर अरबाजसँग सम्बन्ध विच्छेद भएपछि मलाइका आफ्नी पूर्व नन्दको पूर्वप्रेमिलाई देत गरिरहेकी छन्।

दीपिका पादुकोण

दीपिका पादुकोण र अनुष्का शर्मा करियरको शुरुवात देखिकै राम्रो साथी हुन्। दुवै कयौं वर्ष देखि एक अर्कालाई चिन्छन्। दीपिकाले रणवीर सिंहसँग विवाह गरिसकेकी छन्। जो कुनै बेला अनुष्काका प्रेमि थिए।

प्रकाशित : सोमबार, असोज २५, २०७८१४:५२

जब अमिताभले ४४ वर्ष कान्छी नायिकासँग रोमान्स गरे …