जब आमा नगरिसलाई छोरा संजय दत्त ‘गे’ हुन् भन्ने लाग्यो …

एजेन्सी – कुनै एक समयमा अभिनेत्री नरगिस दत्त बलिउड उद्योगकी सबै भन्दा सफल नायिका मध्ये एक थिइन्। कयौं चलचित्रमा काम गरेकी उनी आफ्नो अभिनय कलाले धेरैको मनमा बस्न सफल भएकी थिइन्। उनले अभिनयका लागि भारतमा अवार्ड समेत जितेकी थिइन्।

नरगिस दत्त बलिउडका चर्चित नायक संजय दत्तकी आमा समेत हुन्। उनी आफ्ना छोरा संजयले धेरै नै माया गर्थिन्। तर उनलाई एकपटक यस्तो लागेको थियो कि उनका छोरा संजय ‘समलिंगी’ हुन्।

के थियो घटना ?

घटना त्यस समय को हो, जब संजय दत्त बलिउड डेब्यूको तयारीमा थिए। संजय दत्त त्यति बेला आफ्ना केटा साथिहरुसंग अलि बढी नै समय बिताउँथे। आफ्ना साथिहरुसंग उनी आफ्नो कोठामै बसिरहन्थे। त्यस्तो अवस्थामा नरगिसलाई केहिले संजय ‘समलिंगी’ हुन् कि भन्ने शंका लागेको बताएका थिए।

धेरै जस्तो केटा साथिहरुसंग कोठामा ढोका बन्द गरेर बस्ने गरेकाका कारण नरगिसलाई पनि त्यस्तै लाग्न थालेको थियो। अरुको कुरा सुनेर नगरिसलाई आफ्ना छोरा संजय कतै समलिंगी त होइनन् भन्ने लागेको थियो।

तर वास्तविकता त्यतो थिएन। संजय खासमा नराम्रा कुलतमा फसेका थिए। साथिहरुको संगतमा लागेर उनी ला-गूप-दार्थ सेवन गर्न थालेका थिए। त्यसैले उनी प्रयास बन्द कोठामै हुन्थे।

संजय २२ वर्षका हुँदा नरगिसलाई क्यान्सर भयो। क्यान्सरले नै उनको ज्यान लियो। त्यसबेला संजयले बलिउडमा डेब्यू गरिसकेका थिएनन्। नरगिसको निधन पछि मात्रै संजयको बलिउड डेब्यू भयो। संजयको पहिलो चलचित्र नगरिसको निधन भएकै वर्ष भएको रिलिज भएको थियो।

प्रकाशित : सोमबार, असोज २५, २०७८२०:१२

बलिउडमा यी अभिनेत्रीले यसरी सम्हाले आफुलाई उप्स मुमेन्ट हुनबाट !