रोनाल्डो भन्छन्: ‘म जस्तो खतरा कोहि पनि छैन, अब च्याम्पियन्स लिगलाई मेरो नामबाट उच्चाहरण गर्नु’

च्याम्पियन्स लिगमा निकै प्रभुत्व जमाउन सफल भएका क्रिस्टियानो रोनाल्डोले एक पटक प्रतियोगिताको नाम परिमार्जित गरेर ‘सीआर-७ च्याम्पियन्स लिग’ राख्नु दाबी गरेका थिए।

बुधबार राति मात्र ५ पटकका ब्यालुन डी ओर विजेताले च्याम्पियन्स लिगमा १७८ औं खेल खेल्दै अर्को किर्तिमान बनाउन सफल भए। उनले आफ्ना पूर्व टिममेट इकर क्यासीलासले बनाएको १७७ औं खेलको किर्तिमान आफ्नो नाममा गरेका हुन्। उक्त खेलमा उनले भिल्लारियल विरुद्धको खेलमा ९५ औं मिनेटमा विजयी गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाएका छन्।

यस्तोमा केहि वर्ष अगाडी मात्र प्रतियोगितामा आफ्नो प्रभावको बारेमा कुरा गर्दै ३६ वर्षीय स्ट्राइकरले दिएको टिप्पणीको कुरा गरौँ। सन् २०१८ मे महिनामा पोर्चुगिज कप्तानले भनेका थिए,”फेरी कसले सर्वाधिक गोल गर्यो? च्याम्पियन्स लिगले आफ्नो नाम परिवर्तन गरेर सीआर-७ च्याम्पियन्स लिग राख्नु पर्छ।”

२०१७-१८ सिजनको च्याम्पियन्स लिग जितेपछि र उक्त सिजनमा पुन: एक पटक प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेसँगै उनले भने,”मैले ५ पटक जितें, सर्वाधिक गोलकर्ता बनें। यसमा म दुखी हुनु नपर्ला।”

रोनाल्डोले भने जस्तै च्याम्पियन्स लिगमा ३६ वर्षीय पोर्चुगिज कप्तानले जस्तो कुनै पनि खेलाडीले प्रभाव पार्न सकेका छैनन्। रोनाल्डोले च्याम्पियन्स लिगमा बनाएका केहि रेकर्डको बारेमा कुरा गरौँ….

सर्वाधिक गोल: १३६ गोल

सबैभन्दा बढी खेल खेल्ने खेलाडी: १७८ खेल

सबैभन्दा बढी असिस्ट: ४१ असिस्ट

एक सिजनमा सर्वाधिक गोल: १७ गोल

नक-आउट स्टेजमा सबैभन्दा बढी गोल: ६७ गोल

लगातार ११ खेलमा गोल गर्ने एक मात्र खेलाडी

३ फाइनलमा गोल गर्ने एक मात्र खेलाडी

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

‘आफू मात्र सिङ्गो चोउटा खान्छु भनेर नसोच्नु’ भन्दै नेयमार-मेस्सीलाई एम्बाप्पेको चेतावनी !