यी हुन् हरेक महादेशका बेस्ट प्लेयर ? छैनन् रोनाल्डो, मेस्सी भने अझै उत्कृष्ट !

फुटबल विश्व कै सबैभन्दा प्रसिद्ध खेल हो। अहिलेको समयमा हामी सबैले विश्वका उत्कृष्ट खेलाडी को हो भनेर सोध्यो भने प्राय: मानिसको उत्तर हुन्छ लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेइमार, एम्बाप्पे जस्ता नाम। तर आज हामी विश्वकै उत्कृष्ट खेलाडी नभएर संसारमा रहेका हरेक महादेशका हालका एक उत्कृष्ट खेलाडीको बारेमा कुरा गर्नेछौं।  यी हुन् महादेश अनुसारका उत्कृष्ट फुटबल खेलाडी… यस लेखमा हामीले एशिया र अष्ट्रेलिया महादेशलाई एकसाथ राखेका छौं।

एशिया/अस्ट्रेलिया-  सन ह्युङ मिन (दक्षिण कोरिया/टोटनह्याम हट्सपर)

इंगलिस प्रिमियर लिग क्लब टोटनह्यामबाट व्यावासाहिक फुटबल खेल्दै आएका दक्षिण कोरियाका सन एशियाका उत्कृष्ट खेलाडी हुन्। टोटनह्यामलाई २०१८–२०१९ को च्याम्पियन्स लिग फाइनलमा पुर्याउन ठुलो भूमिका खेलेका सनले दक्षिण कोरियाका लागि एसियन गेम्समा स्वर्ण पदक जितेका थिए। मिडफिल्ड र फर्वार्ड दुबै स्थानमा खेल्न सक्ने सन प्रिमियर लिगमा पनि उत्कृष्ट खेलाडी मध्य एक हुन्। उनी र ह्यारी केनको जोडी गत सिजन प्रिमियर लिगमा सबैभन्दा सफल जोडी रहेको थियो। यस्तोमा ह्यारी केनले क्लब छाड्ने चर्चा चलिरहँदा सन टोटनह्यामका मेन म्यान बन्ने पक्का रहेको छ।

विशेष उल्लेख: ह्वाङ ही-च्यान

यूरोप- रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्यन म्युनिख) 

युरोपको कुरा गर्दा गत दुई वर्षमा बार्यन स्टार रोबर्ट लेवान्डोस्कीको आसपास पनि कोहि आउँदैनन्। विश्व फुटबलमा नै हाल सर्वोत्कृष्ट खेलाडी भन्दा फरक नपर्ला लेवान्डोस्कीलाई। आधुनिक समयका सर्वोत्कृष्ट स्ट्राइकर मानिने उनले बार्यन म्युमिखलाई २०१९/२० सिजनमा महादेशिया ट्रेबल जिताउन प्रमुख भूमिका खेलेका थिए। गत सिजन उनले झन्डै ५० वर्ष लामो बुन्डेसलिगाको एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड पनि तोडेका छन्।

विशेष उल्लेख: क्रिस्टियानो रोनाल्डो, केविन डि ब्रुएन, किलियन एम्बाप्पे

अफ्रीका- मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)

अफ्रिका महादेशको उत्कृष्ट खेलाडीको कुरा गर्दा मोहम्मद सलाह र साडियो मानेको नाम सबैभन्दा अगाडी आउने गर्छ। इजिप्टलाई २०१८ को विश्वकपमा छनोट गराउनुका साथै लिभरपुल अहिले उत्कृष्ट टोलीमा मुख्य भूमिका रहेको मोहम्मद सलाह सायद यो समय अफ्रिकाका उत्कृष्ट खेलाडी हुन्। २ पटकका प्रिमियर लिग गोल्डेन बुट विजेता सलाहले लिभरपुलको लागि प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन्। लिभरपुलमा ४ सिजन खेलिसकेका सलाहको क्लबका लागि प्रदर्शन निकै उत्कृष्ट रहेको छ।

विशेष उल्लेख: साडियो माने, रियाद महारेज, पिएरे एमरिक अबामियांग

दक्षिण अमेरिका- लियोनेल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन)

पेले, म्याराडोना जस्ता उत्कृष्ट खेलाडी उत्पादन गरेको दक्षिण अमेरिकाको अहिलेका सबैभन्दा उत्कृष्ट खेलाडी लियोनल मेस्सी नै हुन्। २०१४ को विश्व कपमा अर्जेन्टिनाले फाइनल सम्मको यात्रा तय गर्दा मुख्य भूमिका निभाएका मेस्सीले उक्त प्रतियोगितामा गोल्डेन बल जितेका थिए। इतिहास कै उत्कृष्ट खेलाडी मध्य एक मेस्सीले हालै मात्र अर्जेन्टिनाका लागि २३ वर्षपछि पहिलो उपाधि जिताउन प्रमुख भूमिका खले। ६ पटकका ब्यालुन डी’ ओर विजेता लियोनल मेस्सीले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन्।  कोपा अमेरिका २०२१ उपाधिको रूपमा करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जितेका उनलाई सातौँ पटक ब्यालुन डी ओर जित्ने प्रमुख दबेदारको रुपमा पनि हेरिएको छ।

विशेष उल्लेख: नेइमार, लुइस सुवारेज

उत्तर अमेरिका- क्रिस्टियन पुलिसिक (युएसए/चेल्सी)

उत्कृष्ट क्षमताले भरिपूर्ण अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले २०२०-२१ सिजनमा धेरै खेल समय भने प्राप्त गर्न सकेनन्। चेल्सीको आक्रमणमा रहेको थुप्रै विकल्पको कारण यो कुरा आश्चर्यजनक भने नलाग्न सक्छ। २२ वर्षीय पूर्व डर्टमण्ड स्टारले २०१९ मा चेल्सीसँग अनुबन्ध भएदेखि क्लबमा राम्रो छाप छाड्न सफल भएका छन्। ‘क्याप्टेन अमेरिका’ नाम पाएका उनी दक्षिण अमेरिका महादेशका उत्कृष्ट खेलाडी मानिन्छन्।

विशेष उल्लेख: अल्फोन्जो डेभिस

अन्टार्टिका

अन्टार्टिका मानव बस्ती नभएको महादेश हो ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

यी १७ भाग्यमानी खेलाडी जसले मेस्सी र रोनाल्डो दुबैसंग खेल्ने मौका पाए [सूची सहित]