एजेन्सी – सदाबहार अभिनेत्री रेखा को ‘रहस्यमयी’ सौन्दर्य देखेर अझै पनि धेरै चकित पर्छन्। उमेरले ६७ वर्ष पुग्दा पनि उनी उत्तिकै सुन्दर छिन्। यो उमेरमा पनि यति धेरै सुन्दर देखिने रेखा कुनै एक समयमा पनि अलि बढी भद्दा थिइन्। त्यति बेला उनको तौललाई लिएर अलि बढी नै टिप्पणी हुने गर्थ्यो।
हल्का मोटी भएकै कारण विभिन्न टिप्पणी हुन थालेपछि रेखाले आफूलाई बदल्ने कशम नै खाएकी थिइन्। तौल बारे टिप्पणी हुन थालेपछि उनले के-के गरेकी थिइन् भन्ने बारे रेखाले एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी थिइन्।
कुराकानीको क्रममा रेखाले भनिन् कि उनले आफ्नो आलोचनालाई नकारात्मक अर्थमा कहिल्यै लिइनन्। हरेक आलोचनाले उनलाई केहि नयाँ गर्नको लागि प्रेरित गरे।
रेखाले भनिन् कि उनको लुकमा त्यस्तो कुनै परिवर्तन भएको होइन। तौल नियन्त्रण गरेर देखाउने कशम खाएपछि उनले करिब डेढ वर्ष सम्म अनुशासित दैनिकी गुजारेकी थिइन्।
सिमी ग्रेवालको टक शोमा कुरा गर्दै रेखाले पपकर्न र अलैंची सहितको दूध पिएर मात्रै डेढ वर्ष गुजारेको बताएकी थिइन्। तर पछि उनलाई यो तरिका थिइन् छैन् भन्ने लाग्यो र उनी अर्को तरिकाको खोजिमा जुटिन्।
पछि उनले योग, मेडिटेशन र सन्तुलित खानालाई अंगालिन्। त्यसैले नै उनले तौल नियन्त्रण गर्न नयाँ तरिका अपनाउन थालिन्। रेखा अहिले पनि आफूलाई फिट राख्न यसै तरिका पनाउँछिन्।

