“छुट्टी मनाउन युनाइटेड आएको भए थाहा छैन, नत्र रोनाल्डोले च्याम्पियन्स लिग जित्छन्”

एस्टन भिल्लाका पूर्व फरवार्ड गेब्रियल एग्बोनलाहोरले म्यानचेस्टर युनाइटेडमा दोस्रो कार्यकालमा रहेका क्रिस्टियानो रोनाल्डोको अधिकतम उपयोग गर्न आग्रह गरेका छन्।

टकस्पोर्टसँग कुरा गर्दै एग्बोनलाहोरले रोनाल्डो युनाइटेडमा सन्यास लिनु अघि बिदामा नआएको तर उनी रेड डेभिललाई प्रमुख उपाधि जिताउन क्लब फर्केको सुझाव दिएका छन्। पूर्व भिल्ला खेलाडीका अनुसार यस सिजन युनाइटेडले कुनै उपाधि जित्न सफल भएन भने रोनाल्डो आएको कुनै अर्थ नहुने समेत बताएका छन्।

उनले भने,”रोनाल्डो क्लबमा ४-५ सिजनका लागि हुने छैनन्। उनी यहाँ छुट्टी मनाउन पनि आएका हैनन्। उनी उपाधि जित्न आएका हुन्। उनी म्यानचेस्टर युनाइटेडसँग च्याम्पियन्स लिग जित्न चाहन्छन्। उनीहरु लिग जित्न चाहन्छन्। यदि सिजनको अन्त्यमा युनाइटेड उपाधि बिहिन भयो भने त्यो बेकार हुनेछ।”

लामो समय देखि प्रमुख उपाधि जित्न नसकेको युनाइटेडलाई अन्तत: उपाधि जिताउन रोनाल्डो भन्दा उत्तम खेलाडी हुने सक्दैन। उनको आगमनले प्रशिक्षक ओले गुन्नर सोल्सजायर माथि रहेको दबाब पनि निकै कम हुनसक्छ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

रोनाल्डोको सम्पत्ति कुम्ल्याउन मात्र जर्जिना उनीसंग बिहे गर्न लागेको आरोप, तर सफल हुन नदिने !