“मेस्सी, रोनाल्डो र नेयमार गएर केहि हुँदैन: लालिगामा लर्ड भिनिसियस छन्, नो टेन्सन”

लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो वा नेयमार जस्ता खेलाडी स्पेनिस लिगबाट बिदा भएपनि आफूलाई कुनै चिन्ता नभएको लालिगा अध्यक्ष जेभियर टेबासले बताएका छन्।

स्पेनिस पहिलो डिभिजन संसारमा सबैभन्दा मनोरन्जनात्मक लिगहर्रु मध्ये एक हुने गर्थ्यो। बार्सिलोना, रियल मड्रिड र एट्लेटिको म्याड्रिड जस्ता क्लबले पछिल्लो दशकमा यूरोपीयन फुटबलमा राज गरे। यी क्लबहरु संसारका सर्वश्रेष्ठ खेलाडीहरु भित्र्याउन सफल हुन्थे। लियोनल मेस्सी यस सिजन बार्सिलोनाबाट बाहिरिएपछि धेरै प्रशंसक र पण्डितहरुले ला लिगाले आफ्नो मनोरञ्जन कारक गुमाउने विश्वास गर्न थालेका छन्।

तर ला लिगाका अध्यक्ष जेभियर टेबास हालैका वर्षमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारको बिदाबाट चिन्तित भने छैनन्। टेबास विश्वास गर्छन् कि लालिगामा भिनिसियस जूनियर, जोआओ फेलिक्स र पेड्री जस्ता आकर्षक युवा प्रतिभाको बाहुल्यता रहेको छ। “मलाई यो चिन्ता छैन कि मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता खेलाडीहरु हाम्रो लिगबाट बाहिरिएका छन्। हामीसँग भिनिसियस जस्ता युवा खेलाडीहरु छन्,” टेबासले भने।

पछिल्लो समय रियल म्याड्रिड र बार्सिलोना जस्ता ठूला क्लब पनि आर्थिक संकटका कारण आफ्नो स्टार खेलाडीहरुलाई बिदा गर्न बाध्य भएका छन्। अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले २१ वर्षपछि बार्सिलोना छोडेका कारण क्याटालान क्लबसँगको सम्झौता समाप्त भएको थियो। तर हाल १ बिलियन भन्दा बढी ऋणमा रहेको बार्सिलोनाले स्टार खेलाडीसँग सम्झौता गर्न असफल भयो। यसका साथै अर्का खेलाडी एन्टोइन ग्रिजमनलाई पनि गुमाउनु पर्यो।

त्यस्तै, रोनाल्डोले २०१८ मा क्लबमा ९ वर्ष बिताएपछि इटालियन क्लब युभेन्टस प्रस्थान गरेका थिए भने नेयमारले २०१७ मा पीएसजीका लागि बार्सिलोना छाडेका थिए।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४२

यी हुन् फुटबल जगतमा जर्सी नम्बर ७ लगाउने सर्वश्रेष्ठ १० खेलाडी, रोनाल्डो सधैं झैँ १ नम्बरमा !