जब ७ डिफेन्डर मिलेर पनि मेस्सीलाई रोक्न सकेनन् [भिडियो सहित]

लियोनेल मेस्सीले आइतबार भएको उरुग्वे विरुद्धको खेलमा लाउटारो मार्टिनेजको गोलको निर्माणमा सात उरुग्वे डिफेन्डरलाई आफ्नोतर्फ आकर्षित गरे। मेस्सीले पहिलो हाफमा नै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए जुन गोललाई धेरैले मेस्सीको अविश्वसनीय करियरको सबैभन्दा विचित्र गोलको रुपमा लिएका थिए।

निकै विचित्र तरिकाले खेलको पहिलो गोल गरेका ३४ वर्षीय स्ट्राइकर अर्जेन्टिनाको तेस्रो गोलका लागि धेरै उल्लेखनीय अनुक्रममा संलग्न भए। पीएसजी स्टारले उरुग्वेको डिफेन्स लाइनको सबैभन्दा भिड भएको स्थानमा बल रिसिभ गरे। मेस्सीले बल रिसिभ गर्दा उनलाई उरुग्वेका ७ डिफेन्डरले दबाब दिईरहेका थिए। उरुग्वेको पूरै ब्याकलाईन उनीमाथि दबाब दिन तैनाथ रहेको थियो।

उरुग्वेका डिफेन्डरलाई मेस्सीको खुट्टामा बल हुँदा के हुनसक्छ भन्ने कुरा राम्रोसंग थाहा थियो। जसको कारण सबै खेलाडी मेस्सीलाई घेर्न पुगेपछि त्यसको फाइदा उठाउँदै मेस्सीले दायाँ तर्फ खालि स्पेसमा रहेका डी पललाई पास दिएको जसको असिस्टमा लाउटारो मार्टिनेजले सहज गोल गर्न सफल भए।

आइतबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० ले सजह तरिकाले पराजित गर्दै दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको दोस्रो स्थानमा कायम रहेको छ। अर्को खेलमा अर्जेन्टिनाले आउँदो शुक्रबार पेरुसंग खेल्नेछ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१८:३५

माल्दिभ्समा नेपाली फुटबल टोलीले यसरी मनायो दशैं ! [तस्विर सहित]