माल्दिभ्समा नेपाली फुटबल टोलीले यसरी मनायो दशैं ! [तस्विर सहित]

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि माल्दिभ्स पुगेको नेपाली फुटबल राष्ट्रिय टोलीले पनि दशैंको टीका लगाएको छ।

साफ च्याम्पियनसिप फुटबल खेल्नका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टोलीले माल्दिभ्समा टीका लगाएको हो।

प्रतियोगिताका लागि माल्तिभ्सका रहेका प्रशिक्षक देखि खेलाडीहरु सम्मले टीका लगाए। नेपाललाई पहिलो पटक साफको फाइनलको यात्रा तय गराएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि टीका तथा जमरा ग्रहण गरे।

साफको फाइनलमा नेपालले शनिबार भारतको फाइनलमा सामना गर्दैछ। जितको प्रतीक मानिने विजया दशमीको टीकाले नेपालको टोलीलाई जित तर्फ अग्रसर गराउने आशा गरिएको छ।

नेपाली टोलीको दशैँ तस्विरमा हेर्नुहोस्

तस्विर : एन्फा

प्रकाशित : शुक्रबार, असोज २९, २०७८१४:२१

युवा स्टार पेड्रीको रिलिज क्लज तोकियो, मूल्य सुन्दा लाग्नेछ अचम्म !