युवा स्टार पेड्रीको रिलिज क्लज तोकियो, मूल्य सुन्दा लाग्नेछ अचम्म !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले पेड्रीले सम्झौता नवीकरण गरेको जनाएको छ ।

सम्झौता नवीकरणसँगै पेड्री सन् २०२६ को जुन ३० सम्म बार्सिलोनामा रहनेछन् । सम्झौता नविकरणसँगै बार्सिलोनाले पेड्रीको रिलिज क्लज १ विलियन युरो तोकेको छ ।

१८ वर्षीय स्पेनिस मिडफिल्डर लास पालमसबाट २०२० मा ५ मिलियन युरोमा बार्सिलोना आएका थिए । पछिल्लो समय पेड्री बार्सिलोनाका मुख्य खेलाडीको रुपमा रहदै आएका छन् ।

उनले ३९ ला लिगा खेलमा ३ गोल गरिसकेका छन् । पेड्रीले स्पेनका लागि १० खेल खेलिसकेका छन् । उनी गत सिजन सबैभन्दा धेरै मिनेट खेल खेल्ने खेलाडी बनेका थिए ।

युरो २०२० मा उनले युवा खेलाडीको अवार्ड जितेका थिए । त्यसपछि उनले टोकियो ओलम्पिकमा समेत खेलेका थिए । फाइनलमा स्पेन ब्राजिलसँग २–१ ले पराजित भएको थियो ।

प्रकाशित : शुक्रबार, असोज २९, २०७८१७:५०

अलमुताइरीले आजको फाइनल गुमाउने !