पछिल्लो समय वृद्ध मानिषहरुमा मात्र नभई युवा-युवतीहरुमा पनि कपाल फुल्ने समस्या देखिन थालेको छ । अहिले प्रदुषित वातावरण तथा अस्वस्थकर जीवनशैलीको कारण स्वास्थ्यमा देखिने बिभिन्न समस्याको कारण सानो उमेरमा नै कपाल फुल्ने समस्याले धरै पिडित छन्।
यस्तो समस्याको कारण चन्ता चिन्तामा हुनुहुन्छ भने अब घरेलु प्राकृतिक चिजहरुको मिश्रणबाट फुलेको कपालको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
घरमै बनाएको तेल कपालमा लगाउनाले कपालाई जरैदेखि पोषण मिल्ने गर्दछ । जसकारण कपाल कालो र बलियो हुने गर्दछ । यस्ता घरेलु औषधिले मानव शरीरमा कुनै प्रकारको असर नगर्ने हुदा यसको प्रयोगले कुनै पनि असर गर्दैन । आज हामी तपाइहरुलाई फुलेको कपालको लागि घरमै तयार पार्न सकिने घरेलु उपाएको बारेमा जान्कारे गराउने छौ ।
नारिवलको तेल र कागतीको रस
सेतो कपाललाइ कालो बनाउनको लागि तपाईहरु नरिवलको तेल र कागती प्रयोग गर्न सक्नुहुन्छ। प्रयोगको लागी शुरुमा नरिवलको तेललाइ तताउन पर्ने हुन्छ । तातेको तेलमा कागतीको रश मिशाउनुहोस् । यसरी बनाएको तेललाई राति सुत्ने बेलामा कपालमा लगाएर सुत्ने र बिहान उठेर धुनुहोस ।
नरिवलको तेल र अमला पाउडर
अमला कपालको लागि एकदमै फाइदाजनक हुन्छ । यसमा नरिवलको तेल मिसाउनाले झनै यसको तागत बढ्छ । कुनै एक सफा भाडामा ४ चम्चा नरिवलको तेल र २ चम्चा अमला पाउडर मिसाएर पकाउनुहोस् ।
यसरी १० मिनेट सम्म पकासकेपछि यसलाई सेलाउन दिनुहोस । सेलाई सकेपछि कपालको जरासम्म पुग्ने गरि राम्रो सँग मालिस गर्नुहोस् । यसरी लगाएको करिब २ घण्टापछि स्याम्पुले कपालाई राम्रोसँग धुनुहोस् ।

