यी ५ अभिनेत्रीहरुले बिहेमा लगाएका थिए करोडौँको लेहेंगा: कसको कति महँगो?

बलिउड  इंडस्ट्रीमा सबैकुरा भव्य हुन्छ। चाहे फिल्म होस, पार्टी होस वा कसैको बिहे। त्यसैपनि बलिउड कलाकारहरु ठुला-ठुला पार्टी गर्न रुचाउछन्। यहाँसम्म कि उनीहरु आफ्नो ड्रेस पनि महिनौसम्म लगाएर तयार गर्छन्।  बलिउड अभिनेत्री सुन्दर मात्र नभई उनीहरु करोडौँको ड्रेस पनि लगाउन पछि पर्दैनन्। थाहा पाउनुहोस् यी बलिउड अभिनेत्रीको बारेमा जसले बिहेमा सबैभन्दा महँगो लेहेंगा लगाए:

दिपिका  पादुकोण

२०१८ सालमा बलिउडको टप हिरोइन दिपिका पादुकोणले अभिनेता रणवीर सिंहसँग बिहे गरेकी थिइन्। उनको बिहेको ड्रेस डिजाइनर सब्यासाचीले तयार गरेका थिए। यस लेहेंगाको सलमा ‘सदा सौभाग्यवती भव:’ लेखिएको थियो। यो सल यति चर्चित भएको थियो कि साधारण महिलाहरुले पनि खरिद गरेका थिए।  उनको लेहेंगाको मुल्य करिब  ९७ लाख रुपैँया हो।

अनुष्का शर्मा

क्रिकेटर विराट कोहली र अनुष्का शर्माले २०१७ सालमा बिहे गरेका थिए। अनुष्काले पनि आफ्नो  पिंक लेहेंगा डिजाइनर सब्यसाचीबाट नै डिजाइन गरेकी थिइन्।  यस लेहेंगालाई ६७ जनाले ३२ दिनमा तयार गरेका थिए। जसको मुल्य करिब ९५ लाख रुपैँया थियो।

ऐश्वर्या राय बच्चन

२००७ सालमा ऐश्वर्या रायले अभिनेता अभिषेक बच्चनसँग बिहे गरेकी थिइन्। ऐश्वर्याले आफ्नो बिहेको कपडा डिजाइनर नीता लुल्लाबाट डिजाइन गरेकी थिइन्। ऐश्वर्याको  गोल्डेन कलरको साडीको मुल्य ७५ लाख रुपैँया थियो।

शिल्पा शेट्टी


शिल्पा शेट्टीले आफ्नो बिहेको कपडा डिजाइनर तरुण तहिलियानीबाट डिजाइन गरेकी थिइन्। यस साडीको मुल्य ५० लाख रुपैँया थियो।

करीना कपूर


करीना कपूरले अभिनेता सैफ अली खानसँग २०१२ मा बिहे गरेकी थिइन्। करीनाको लेहेंगा उनको सबैभन्दा राम्रो साथी चर्चित  डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेका थिए। उनको लेहेंगाको मुल्य ५० लाख थियो।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२१:३३

दक्षिणा पाउँदा मख्ख केकी, यसरी मनाइन् दसैं ! तस्विर सहित]