दक्षिणा पाउँदा मख्ख केकी, यसरी मनाइन् दसैं ! तस्विर सहित]

काठमाडौँ – बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरिएको छ। दसैंको टीकाको साइतमा सर्वसाधारण देखि राष्ट्रपति सम्मले टीका ग्रहण गरे।

दसैंले नेपालका कलाकारहरुलाई पनि छोएको छ। धेरै जस्तो कलाकारहरुले टीका ग्रहण गर्दै गरेका तस्विरहरु सामाजिक संजालमा सार्वजनिक गरेका छन्।

बडादसैँको अवसरमा टीका ग्रहण गरेपछिका तस्विरहरुले सामाजिक संजाल राताम्मे भैरहेका बेला नायिका केकी अधिकारीले पनि दसैंका तस्विरहरु सामाजिक संजालमा अपलोड गरेकी छन्।

अधिकारीले परिवारसँग बसेर टीका थाप्दै गरेका तस्विरहरु फेसबुकमा सार्वजनिक गरेकी हुन्। हल्का गुलाबी रङ्गको कुर्तामा सजिएर टीका थप्दै गरेकी केकी दक्षिणा सँगै रमाउँदै देखिएकी छन्।

“रातो टिका निधारमा टलक्क टल्कियो”,तस्विर सार्वजनिक गर्दै केकीले लेखेकी छन्। साथै केकीले तस्विर सार्वजनिक गर्दै दसैंको शुभकामना पनि दिएकी छन्।

तस्विर: सामाजिक संजाल

 

प्रकाशित : शुक्रबार, असोज २९, २०७८१४:५८

आशिर्वाद थाप्दा मख्ख सुहाना फोटोशुटमा यति धेरै खुलिन्, हेर्नुहोस् तस्विर सहित]