पार्टी गर्न निकै शोखिन छन् यी स्टारकिड्सहरु !

शाहरुख खानका छोरा आर्यन खान क्रूसमा चलिरहेको हाई प्रोफाइल रेभ पार्टीमा उपस्थित भएपछि नराम्रोसँग फसेका छन्। आर्यनलाई २ अक्टोबरको साँझ नार्कोटिक्स कन्ट्रोल ब्यूरोले हिरासतमा लिएको हो जसपछि उनी पक्राउ परेका हुन्। आर्यन खान सधैँ पार्टीमा गईरहेका हुन्छन्। जसकारण उनको पार्टीको थुप्रै तस्विर सामाजिक सञ्जालमा भाइरल भईरहन्छ। आर्यन मात्र नभई अरु  स्टारकिड्सहरुलाई पनि पार्टी निकै मनपर्छ।  थाहा पाउनुहोस को- को हुन त तिनी :-

सुहाना खान

आर्यन जस्तै शाहरुख खान र गौरी खानकी छोरी सुहाना पनि क्लब र पार्टीमा गईर्हेकी हुन्छिन्। अमेरिका र मुम्बईमा गर्ल ग्यांगसँग पार्टी गर्ने सुहानाको थुप्रै तस्विरहरु आईरहन्छ । साथै सुहाना आफै  पनि तस्विर शेयर गरिरहन्छिन्।

अनन्या पांडे

चंकी पांडेको छोरी र बलिउड अभिनेत्री अनन्या पांडे प्राय नाइट क्लबमा आफ्नो साथीसँग उपस्थित हुन्छिन्। अनन्याको गर्ल ग्यांगमा शनाया कपूर र सुहाना खान पनि पर्छिन्।

शनाया कपूर

छिट्टै करण जौहरको फिल्मबाट बलिउडमा डेब्यू गर्ने लागेकी  संजय कपूरको छोरी शनाया पनि अनन्या पांडे र सुहानासँग पार्टीमा जान्छिन्।

नव्या नवेली नंदा

अमिताभ बच्चनको नातिनी नव्या नवेली नंदा पार्टी निकै मन पराउँछिन् र उनी लाइमलाइटबाट टाढा नै रहन मन पराउँछिन्। नव्याले अभिनय बाहेक आफ्नो फामिली बिजनेसमा  करियर बनाउने निर्णय लिएकी छन्।

जान्हवी कपूर

दिवंगत एक्ट्रेस श्रीदेवी र बोनी कपूरको छोरी जान्हवी कपूरलाई पनि पार्टी गर्ने निकै शोक छ। जान्हवीलाई  थुप्रैपटक आफ्नो साथीसँग पार्टी गरेको देख्न सक्छौ।

इब्राहिम अली खान पटौदी

सैफ अली खान र अमृता सिंहको छोरा इब्राहिम अली खान पटौदी पनि प्राय क्लबिंग गरिरहन्छन्। थुप्रैपटक  इब्राहिमलाई साथीसँग क्लब बाहिर देख्न सक्छौ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:४८

यी अभिनेत्री जसले सर्जरी गरेर आफ्नो अनुहार बिगारे !