अशिषेक बच्चनलाई ज्वाई बनाउन चाहन्थिन् हेमा मालिनी , तर ईशाले गरिन् अस्वीकार !

बलिउडकी ड्रीम गर्ल हेमा मालिनी आफ्नो जमानाको टप अभिनेत्री हुन् । उनले थुप्रै फिल्ममा काम गरिसकेकी छन्।  अमिताभ बच्चनसँग पनि उनले थुप्रै फिल्ममा  काम गरि सकेकी छन्। फिल्म ‘बागबान’ मा उनीहरु दुबैले आफ्नो अभिनयले सबैको मन जितेका थिए। वास्तविक जीवनमा उनीहरुको राम्रो सम्बन्ध छ। तर के तपाईलाई थाहा छ हेमा मालिनी अमिताभ बच्चनको छोरा अभिषेक बच्चनलाई ज्वाई बनाउन  चाहन्थे। तर ईशाले ईशा देओलले यो सम्बन्धलाई ठाडै अस्वीकार गरेकी थिइन्।

हेमा मालिनीले अभिषेक बच्चनमा ती सबै गुणहरु देखेकी थिइन् जुन उनी आफ्नो ज्वाईमा चाहन्थे। उनी आफ्नी जेठी छोरी ईशाको अभिषेकसँग बिहे गराउन  चाहन्थिन्। यो २००५ को किस्सा हो। जब अभिषेक बच्चन अविवाहित थिए तब ईशा देओल पनि अविवाहित थिइन्। हेमा मालिनी आफ्नो छोरीको लागि एक आदर्श श्रीमानको खोजीमा थिइन्। ईशा देओलले करण जोहरको शोमा यस कुराको खुलासा गरेकी थिइन्।

ईशा शाहिद कपूरसँग शोमा आएकी थिइन्। यसै क्रममा करणले उनलाई उनको विवाहको बारेमा प्रश्न सोधेका थिए । उनले भनेकी छिन् कि तिम्रो  आमा अभिषेक बच्चन जस्तै ज्वाइँ चाहनुहुन्छ। यस बिषयमा के भन्न चाहनुहुन्छ? अभिषेक बच्चन अहिले मोस्ट एलिजिबल म्यान हुन्। त्यसैले आमाले अभिषेकको नाम लिएकी हुन्।  आमा चाहनुहुन्छ कि म राम्रो जीवन साथीसँग घर बसाउ। उनलाई अभिषेक नै बेस्ट लाग्छ। तर म उसँग बिहे गर्न चाहन्न।”  ईशा देओलले २०२१ मा चर्चित बिजनेसम्यान भरत तख्तानीसँग बिहे गरेकी हुन्। दुवै एकअर्कालाई स्कुल पढ्दादेखि चिन्थे। बलिउडमा डेब्यू  गरेपछि ईशाले  भरतलिई डेट गर्न  सुरु गरेकी थिइन्। थुप्रै वर्ष डेट गरेपछि दुवैले बिहे गरेका हुन्।

 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२१:३३

यी ५ अभिनेत्रीहरुले बिहेमा लगाएका थिए करोडौँको लेहेंगा: कसको कति महँगो?