यी कलाकारले जसको ट्रान्सफर्मेशन देखेर सबै भए अचम्म …

बलिउड इंडस्ट्रीमा फिटनेसलाई लिएर निकै क्रेज छ। बलिउड कलाकारको फिटनेस देखेर उनका प्रशंसकहरु पनि उनीहरु जस्तै हुन चाहन्छन् र यही कारण सबैजना जिमको बारेमा आजकल धेरै उत्सुक देखिन्छन्। बलिउडमा केहि कलाकारहरु थिए जो पहिले मोटो थिए र उनीहरुले कडा परिश्रम गरेर आफुलाई परिवर्तन गरे । थाहा पाउनुहोस् ति कलाकार  बारे जसले फ्याट टु फिट ट्रान्सफर्मेशनबाट सबैलाई अचम्ममा पारे :-

अदनान सामी

अदनान सामी आफ्नो सुरिलो आवाजलाई लिएर मान्छेहरुको मनमा राज गर्छन्। तर आफ्नो बढ्दो वजनले उनी निकै समस्यामा थिए। साथै मान्छेहरुबाट आलोचना पनि भईरहेको थियो। त्यसपछि अदनानले आफ्नो वजन घटाए। अदनानको यस ट्रांस्फोर्मेशनले फ्यान वा आलोचक पनि छक्क परेका थिए।

सोनाक्षी सिंहा

सोनाक्षी सिंहा पनि  फिल्म  इंडस्ट्रीमा आउनुभन्दा पहिला आफ्नो बडीलाई लिएर निकै चर्चामा रहन्थिन्। तर डेब्यू गर्नुभन्दा पहिला उनले आफ्नो वजन घटाएकी थिइन्।

आलिया भट्ट

आलिया भट्टले पनि फिल्ममा आउनुभन्दा पहिला वजन घटाएकी थिइन्। बलिउडमा आउनुभन्दा पहिला आलिया निकै मोटी थिइन्का।  पछि डेब्यु गर्नुभन्दा पहिला उनले  आफ्नो वजन घटाईन्।

सलमान खान

पुरै फिल्म इंडस्ट्रीमा सलमान खान एक मात्र यस्तो व्यक्ति हुन् जो आफ्नो शरीरको डेडिकेशनको चिनिन्छन्। सलमान खानले थुप्रै मान्छेलाई एक्सरसाइज  गर्न प्रेरित पनि गरेका छन्। सलमानले ५० कटिसकेका छन्।

रणदीप हुड्डा

रणदीप हुड्डा आआफ्नो भूमिका राम्रोसँग निभाउँछन् र दर्शकको मन जित्छन्। रणदीप हुड्डाले एक महीनामा २० किलो वजन घटाएका थिए जसकारण उनी निकै चर्चामा थिए। पछि फेरि आफ्नो नर्मल बडीले सबैलाई छक्क पारेका थिए।

अर्जुन कपूर

अर्जुन कपूरको पनि ट्रांसफरमेशनबाट सबै  छक्क परेका छन् । अर्जुन कपूर बलिउडको चर्ची अभिनेता हुन्। अर्जुन आफ्नो वजन घटाउन चाहन्थे। अहिले अर्जुन कपूरलाई देखेर सबै अचम्ममा पर्छन्।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३६

यी बलिउड अभिनेत्रीको छ सिक्स प्याक , देखेर तपाई पनि पर्नुहुन्छ फिदा !