बलिउडका यी कलाकार जसले सामान्य डेलिवरी अपनाए !

अहिलेको समयमा  महिलाहरु डेलीवरीको पीडा सहन असमर्थ हुन्छन्  र  सामान्य डेलीवरी गर्नुको सट्टा, उनीहरु सी-सेक्शनको माध्यम बाट आमा बन्न रुचाउँछन्। चाहे  उ सामान्य महिला होस् वा बलिउड अभिनेत्रीहरु, तर यी अभिनेत्रीहरु मध्ये केहि छन् जो आमाको पीडा महसुस गर्नको लागी सामान्य डेलीवरीको दुखाई सहेर आमा बने। उनले सिजेरियनको सट्टा सामान्य डिलीवरी गरेर बच्चा जन्माए । यी इ अभिनेत्री  हुन्न जसले  सामान्य डेलीवरीबाट बच्चा जन्माए :-

ऐश्वर्या राय

विश्वकी सबैभन्दा सुन्दर अभिनेत्री मध्येकी एक मिस वर्ल्ड ऐश्वर्या रायले २०११ मा ३८ वर्षको उमेरमा छोरी आराध्यालाई जन्म दिएकी थिइन्।छोरीको जन्मको समयमा ऐश्वर्याले सबै पीडा महसुस गरिन्  किनभने उनले छोरीलाई सामान्य डेलीवरीको माध्यमबाट जन्म दिएकी थिइन्। उनी आफ्नी आमाको पीडा सहेर आफ्नी छोरीसंग जोडिन चाहन्थिन्।

 रवीना टंडन

यस लिस्टमा दोस्रो नाम अभिनेत्री रवीना टन्डनको पर्छ , रवीनाले १२ जुलाई २००७ मा सामान्य डेलीवरीबाट बच्चा जन्माउने निर्णय गरेकी थिइन्। सबैजना उनको निर्णयबाट स्तब्ध भएका थिए, तर उनी आमा बन्नको लागि सबै समस्याहरुलाई सहेर सुन्दर स्वस्थ बच्चालाई जन्म दिईन्। 

तारा शर्मा

तारा शर्मा पहिलो अभिनेत्री मध्ये एक हुन् जसले आफ्नो  सिरियलमासम्म डेलीवरी देखाईन्। उनले नर्मल डेलिवरीबाट आफ्ना दुबै छोराहरुलाई जन्म दिएकी हुन्।

 ट्विंकल खन्ना

अभिनेत्री ट्विंकल खन्ना बलिउडबाट टाढा भएपनि सामाजिक सञ्जाल मार्फत आफ्ना प्रशंसकहरुको बीचमा रहन्छिन्। उनी आफ्नो घर र परिवारको धेरै ख्याल राख्छिन्। ट्विंकलका दुई छोरा आरव र छोरी नितारा छन्। ट्विंकलले २५ सेप्टेम्बर २०१२ मा ३८ वर्षको उमेरमा आफ्नी पहिलो छोरी नितारालाई सामान्य डेलीवरीको माध्यमबाट जन्म दिएकी थिइन्। नितारा बिल्कुल आमा ट्विंकल खन्ना जस्तै देखिन्छिन्।

सुजैन खान

सुजैन खानको नाम बलिउड अभिनेत्रीहरुको सूचीमा रहेको छ जसले ‘सामान्य डेलिवरी ‘ रोजे। अभिनेता रितिक रोशनकी श्रीमती सुजैन खानले  एक पटक होइन दुई पटक आमा बन्ने कष्ट सहिन् । उनले दुबै बच्चाहरुको डेलीवरी नर्मल तरीकाले गरिन्।

मीरा

शाहिद कपुरकी श्रीमती मीराले धेरै कम उमेरमा छोरी मीशालाई सामान्य डेलीवरी मार्फत   जन्म दिएकी थिइन्। मीरा अनुसार मीशाको आगमनपछि उनको परिवारमा चारैतिर खुशी छरिएको थियो।

कल्कि कोचलीन

कल्की कोचलिन अहिले बलिउडको रंगीन संसार बाट टाढा रहदै परिवारको बीच एक सुखी जीवन बिताइरहेकी छिन्। कल्कीले फेब्रुअरी २०२० मा ‘हट वाटर’ मार्फत बच्चा जन्माएकी थिइन्। अब उनकी छोरी एक बर्षकी छिन्। कल्की र उनका प्रेमी गाय हर्षबर्गको बिहे भैसकेको छैन।

 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३६

यी अभिनेताले श्रीमतीको कारण गर्दैनन् किसिंग सीन !