लसून र महको अचुक मिश्रण, यस्ता गम्भीर भन्दा गम्भीर रोगमा हुन सक्छ रामवाण !

यो संसारमा थुप्रै चमत्कारिक औषधी र जडिबुटी भरपूर छन्, जसको प्रयोग हामी हाम्रो दैनिकि जीवनमा गरिरहेका हुन्छौं । तर यिनीहरुको  गुणहरुको बारेमा थाहा नभएकोले हामीले यसको सहि प्रयोग गर्न सकिरहेका छैनौँ । ती औषधिहरूमध्ये, लसून र मह दुबै नेपालमा रोगहरूको उपचारको लागि सबैभन्दा पुरानो र राम्रो औषधी मानिन्छ।

यिनीहरुमा पाइने एन्टिबायोटिक, एन्टिफंगल र एन्टिआक्सीडेन्ट गुणहरूले हाम्रो शरीरलाई थुप्रै रोगहरूबाट बचाउँछ। लसून र मह उपभोग गर्नुको फाइदाहरूको बारेमा जान्नुहोस्…

लसून र महको मिश्रण बनाउँने तरिका

एक चम्चा मह लिनुहोस् र त्यसलाई पिसेको लसूनमा मिलाउँनुहोस् । यसको लागि लसून २-३ दाना मात्र लिनुहोस् । अब यो मिश्रण एक गिलास मनतातो पानीमा मिलाएर पिउँनुहोस् । नियमित रूपमा यसको सेवनले यसको फाइदाहरु तपाईं आफैंले थाहा पाउँनु हुन्छ ।

प्रतिरक्षा प्रणाली मजबूत गर्छ

यदि तपाईंको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाईंलाई कुनै पनि रोगको संक्रमणले छिटै समाउँन सक्छ। तपाईं आफ्नो प्रतिरक्षा प्रणाली राम्रो र मजबूत बनाउनको लागि, एक किलोग्राम लसुन र दुई लिटर मह घोलेर मिश्रण तयार पार्नुहोस् र त्यसलाई दैनिक रूपमा उपभोग गर्नुहोस् ।यसमा पाइने  एन्टिबायोटिक गुणहरूले तपाईंको शरीरमा सुपर पावरको रूपमा काम गर्छ।

कोलेस्ट्रोल नियन्त्रण गर्छ

काँचो लसून र महले बनाएको मिश्रणले हाम्रो शरीरको कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ,जसले गर्दा मोटोपना घट्न थाल्छ र वजन घट्न सुरु हुन्छ ।

हृदय सम्बन्धि रोगको नियन्त्रण गर्छ

लसून र महको मिश्रणले तपाईंको शरीरमा र  हृदयसम्म पुगेको धमनीहरूमा जमेको बोसो हटाउँन मद्दत गर्छ ,जसले गर्दा रक्त संचारले सजिलैसँग काम गर्छ,  मुटु रोगहरूको जोखिम कम गर्छ र मुटु सम्बन्धि रोगबाट छुटकारा दिन्छ।

घाँटी सम्बन्धि संक्रमण  कम गर्छ

घाँटीको संक्रमण बढ्नुको कारण घाँटी दुख्ने र सुन्निने समस्या आउन सक्छ । यस मिश्रणमा रहेको एन्टी-इन्फ्लेमेटरी गुणहरूले घाँटी संक्रमण हटाउँन मद्दत गर्छ। जसले घाँटी सुन्निने र घाँटी दुख्ने सामस्याबाट राहत दिन्छ।

पखाला रोक्छ

लसून र महबाट बनाएको मिश्रणको सेवन गर्नु  पखालाको समयमा राम्रो प्राकृतिक उपचार हुन सक्छ। यसले पाचन प्रणाली ठिक गर्छ । जसले गर्दा पेट संक्रमण कम हुन्छ ।

प्राकृतिक डिटक्स

यसमा रहेको भरपूर प्राकृतिक गुणहरुले गर्दा यसलाई  एक प्राकृतिक डिटोक्स मिश्रण पनि मानिन्छ, जसको  सेवनले शरीरमा  रहेको  विषाक्त पदार्थहरू र दूषित पदार्थहरू हटाउँदछ र हाम्रो शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२२:०६

दाग धब्बा साथै चाउरीपनाबाट छुट्कारा पाउनु छ ? यी ५ सुपरफूड्सको गर्नुहोस् प्रयोग !