पिएसजीलाई मेस्सी र नेयमार नहुँदा पनि फरक परेन, जिताउन एमबाप्पे नै काफी भए !

एजेन्सी – स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमारको अनुपस्थितिमा किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई शुक्रबार भएको लिग वनको खेलमा जित दिलाएका छन् । एक गोलले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले एन्जर्सलाई २-१ ले हराएको हो ।

खेलको ३६ औं मिनेटमा पाहुना टोली एन्जर्सले खेलमा अग्रता लिएको थियो । सोफियान बौफालको लो क्रसमा एन्जेलो फुल्गिनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६९ औं मिनेटमा एमबापपेको क्रसमा ड्यानीलो परेराले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८७ औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । रेफ्रीले भीएआरको सहयोग लिँदै पिएरिक कापेलेको ह्यान्ड भएको भन्दै पेनाल्टी दिएका थिए । एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस जितसँगै पिएसजीले लिगको शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ । पिएसजीको १० खेलमा २७ अंक छ । ९ खेलमा १८ अंक जोडेको लेन्स दोस्रो स्थानमा छ । निसले ८ खेलमा १६ अंक जोडेको छ ।

प्रकाशित : शनिबार, असोज ३०, २०७८११:११

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा घिमिरे