नेपालको सुरुवाती ११ सार्वजनिक ! को-को परे ? खेल कुन च्यानलमा हेर्ने ?

काठमाडौं – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । उपाधिका लागि भारतविरुद्ध खेल ८:४५ बजे सुरु हुनेछ ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन् ।

मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् । आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् । खेल डिस होमको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्दैछ ।

प्रकाशित : शनिबार, असोज ३०, २०७८२०:१०

रोनाल्डोको नजरमा मेस्सी-क्रिस्टियानोले होइन बेन्जेमाले जित्नुपर्छ बालोन डी’ओर !