मेस्सीले लगातार बालोन डी’ओर जितेको देखेर वाक्क-दिक्क भए यी खेलाडी !

एज्स्न्सी – फ्रेन्च पूर्व फुटबलर प्याट्रिस एभराले यस वर्षको बालोन डी’ओर लियोनेल मेस्सीले जित्न नहुने बताएका छन्। बालोन डी’ओरको मनोनयन सार्वजनिक भैसकेको अवस्थामा एभराले यस वर्षको बालोन डी’ओर जित्न नहुने बताएका हुन्।

बालोन डी’ओर २०२१ को विषयमा आफ्नो धारणा राख्दै एभराले बालोन डी’ओर मेस्सीले पटक-पटक जितेको देखेर आफूलाई दिक्क नै लागेको बताए। मेस्सी बाहेक अन्य खेलाडी पनि बालोन डी’ओरको हकदार रहेको र वास्तविक हकदारले उपाधि जित्नुपर्ने उनको भनाई छ। मेस्सीले भन्दा एनगोलो कान्टे अथवा जोर्गिन्हो बालोन डी’ओर जित्नुपर्ने एभराले बताए।

“मेरो बिचारमा एनगोलो कान्टे अथवा जोर्गिन्होले बालोन डी’ओर जित्नुपर्छ। मेस्सीले जितेको देख्दा-देख्दा म दिक्क भैसकें।”,यस वर्षको बालोन डी’ओर उपाधिको विषयमा आफ्नो धारणा राख्दै एभराले भने।

कोपा अमेरिका जितेकै भरमा मेस्सीलाई बालोन डी’ओर दिन नमिल्ने पनि एभराले बताए। मेस्सीले यस वर्ष कोपा अमेरिका जितेपछि उनले बार्सिलोनालाई कुनै उपाधि दिलाउन नसकेको एभराको भनाई छ। उनले भने,”उनले गत बर्ष के जिते? ठीक छ, उनले कोपा अमेरिका जिते। तर बार्सिलोनाबाट उनले के जिते ?”

गएको सिजन बार्सिलोनाबाट खेल्दै मेस्सी लालिगाको शिर्ष गोलकर्ता बनेका थिए। तर पनि बार्सिलोनाले त्यति मात्र प्रदर्शन गर्न सकेन। बार्सिलोनाले गत सिजन मात्रै कोपा डेल’रे जितेको थियो। च्याम्पियन्स लिग र लालिगामा बार्सिलोनाको प्रदर्शन कम्जोर थियो। यधपी मेस्सीकै महत्वपूर्ण भूमिकाले अर्जेन्टिना लामो समय पछि कोपा अमेरिका च्याम्पियन बन्न सफल भएको थियो।

कोपा अमेरिका जितेपछि मेस्सीलाई बालोन डी’ओरको दाबेदारको रुपमा हेरिएको छ। तर कोपा अमेरिका जितेको भरमा मात्र उनलाई बालोन डी’ओर जित्न नहुने धेरैको धारणा छ। उपाधि जितेको आधारमा बालोन डी’ओर दिइने हो भने मेस्सी भन्दा अन्य खेलाडी हकदार रहेको धेरैले दावी गर्छन्।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१२:५७

बार्सिलोनालाई ठूलो राहत: मेस्सीको भूमिकामा फाती !