गत वर्ष दुई पटक हराएको शाख्तरको सामना गर्दै रियल ! खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी– रियल म्याड्रिडले च्याम्पियनन्स लिगको समूह चरणको खेलमा मंगलबार शाख्तर डोनेस्कको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।

अक्टुबर ३ मा इस्पानोयलसँग पराजित भएयता कार्लो एन्सेलोटीको टोलीले कुनै खेल खेलेको छैन । आइतबारका लागि एथलेटिक क्लबसँगको खेल स्थगित भएको थियो ।

एन्सेलोटीका लागि सुखद खबरका रुपमा इडन हाजार्ड प्रशिक्षणमा फर्केका छन् । फ्रान्सविरुद्ध द नेसन्स लिग खेल्दा बेल्जियमका कप्तान समेत रहेका हाजार्ड घाइते भउका थिए ।

चेल्सीका पूर्व खेलाडीले टोलीमा नभई एक्लै अभ्यास गरेका हुन् । त्यसैले उनी अझै केहि खेलमा टोलीका साथ हुने सम्भावना कम छ । डानी कार्भाजालले पनि एक्लै अभ्यास गरे भने डानी सेबालोस, इस्को र ग्यारेथ बेलले केहि समय जिममा बिताएका छन् ।

शाख्तरले च्याम्पियन्स लिगको पछिल्लो दुवै भिडन्तमा रियललाई पराजित गरेको थियो । गत सिजन रियलको मैदानमा ३-२ को जित दर्ता गरेको शाख्तरले घरेलु मैदानमा २-० को जित हासील गरेको थियो । यसपटक भने दुवै टोली फरक स्थितिमा छन् ।

रियलको २ खेलमा ३ अंक छ भने शाख्तरको १ अंक मात्र छ । समूहको शीर्षस्थानमा शेरिफले ६ अंक जोड्दा तेस्रो स्थानको इन्टरको १ अंक छ ।

ला लिगामा ८ खेलमा रियलले ५ जित २ बराबर र १ हारका साथ १७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको शीर्षस्थानको रियल सोसिडाडको २० अंक छ । रियलसँग समान अंक भएका सेभिल्ला तेस्रो, साविक विजेता एट्लेटिको म्याड्रिड चौथो र ओसासुना पाँचौं स्थानमा छ ।

नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुने खेल नेपालका कुनै पनि च्यानलमा हेर्न पाइनेछैन। रियल र शाख्तर बीचको खेल हेर्न भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी सिक्स च्यानलमा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१०:०८

पिएसजी भर्सेस लाइपजिङ: कसले मार्ला बाजी ? कुन च्यानलमा हेर्ने ?