युईएफए च्याम्पियन्स लिग: सिटीको यात्रा अगाडि बढने वा युरोपा तिर लम्किने आज टुङ्गो लाग्ने

युईएफए च्याम्पियन्स लिगमा आज रातिबाट समुह चरणको तेस्रो राउण्डका खेलहरु हुँदैछन। खेलहरु नेपाली समय अनुसार रातिको १०ः३० बाट हुने छन।
आजहुने पहिलो दिनको खेलहरुमा बेसिकटस र स्पोर्टिङ्ग साथै म्यान्चेष्टर सिटी र क्लब ब्रागा पहिले भिड्दै छन। त्यसतै आधारातमा हुने खेलहरुमा साक्तार डोनेस्क र रीयल मड्रिड, पिएसजी र आरबि लाईपजिक, आयाक्स र बुरुस्या डर्टमण्ड, एसि मिलान र एफसि पोर्तो, एथलेटिको मड्रिड र लिभरपुल तथा ईन्टर मिलान र सेरिफ टिरासपोल भिडदै छन।

ग्रुप सिमा समान छ पोईन्ट भएका आयाक्स र बुरुस्या डर्टमण्डले आज ग्रुप लिडर तय गर्ने छन भने खेलेका दुबै खेल हारेका बेसिकटस र स्पोर्टिङ्गलाई सान्तोना जितको खोजी हुने छ।

ग्रुप एमा सिटीलाई जितको खँचो छ भने ब्रागालाई बराबरी पनि काफि हुनेछ, त्यसतै सिटीलाई सजिलै हराएर आफ्नो दाबेदारी प्रस्तुत गरेको पिएसजी बिरुद्ध आफुले खेलेको दुवै खेल हारेको लाईपजिकलाई निकै गाह्रो पर्ने अनुमान गरीएको छ।

ग्रुप बिका धुरन्धर एथलेटिको मड्रिड र लिभरपुलको भिडन्त हेर्न लाएक रहने धेरै खेल पण्डितहरुले बताएका छन। त्यसतै पुछारमा रहेका पोर्तो र मिलानलाई जितले युरोपा लिगको ढोका खुल्ने आश बढने छ।

ग्रुप डिमा सेरिफसँग हार बेहोरेको रियल जितसँगै अघि बढने दाउमा रहने छ भने ईन्टर र साक्तार युरोपा लिगको स्थानका लागी लडने छन।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१८:१३

मनसुन बाहिरिएपछि किन मच्चियो वितण्डा ?