एक पेनाल्टीलाई पनि यसरी खास बनाइदिए मेस्सीले [भिडियो सहित]

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेण (पीएसजी) ले जर्मन क्लब आरबी लाइपजिंग माथि ३-२ को संघर्षपूर्ण जीत निकालेको छ।

किलियन एमबाप्पेले पीएसजीलाई नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर लाइपजिंगका आन्द्रे सिल्भा र नोर्डी मुकिलेले गोल गर्दै अग्रता आफ्नो पक्षमा पारेका थिए। जसपछि सुरु भएको थियो ‘द लियोनल मेस्सी शो’। मेस्सीले पीएसजीका लागि दोस्रो र तेस्रो गोल गर्दै तीन अंक पक्का गरेका हुन्।

नयाँ क्लबका लागि आफ्नो दोस्रो गोल ३४ वर्षीय स्ट्राइकरले किलियण एम्बाप्पेको असिस्टमा सहज तरिकाले गरेका थिए। एम्बाप्पेको पासमा प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको रि-बाउन्ड बललाई मेस्सीले खाली पोस्टमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पीएसजीको तेस्रो गोल पनि मेस्सीले नै गरे। विपक्षी खेलाडीले एम्बाप्पेलाई बक्स भित्र फौल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पीएसजीलाई ३-२ को अग्रता दिलाउन सफल भए।

https://youtu.be/bdPJbDYqWIg

तर मेस्सीको उक्त पेनाल्टी सादाहरण भने कतै थिएन। ६ पटकका ब्यालुन डी ओर विजेताले पानेङका स्टाइलमा गोल गर्दै एक पेनाल्टीलाई पनि निकै उत्कृष्ट देखाएका थिए।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१३:०७

रोनाल्डो एक्लैले यी ठूला भनिएका क्लब भन्दा बढी च्याम्पियन्स लिग खेल जितेका छन्, कति ?