अन्ततः ओलीलाई भेट्न पुगिन् करिश्मा, दिइन् धन्यवाद ! [तस्विर सहित]

काठमाडौँ – चर्चित नायिका करिश्मा मानन्धरले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। करिश्माले ओली निवास बालकोट पुगेर ओलीलाई भेटेकी हुन्।

ओलीलाई भेट्न करिश्माको साथमा राष्ट्रियसभा सदस्य कोमल वली र हाँस्यकलाकार जितु नेपाल पनि पुगेका थिए। ओलीलाई भेट्दाका तस्विरहरु करिश्माले सामाजिक संजाल मार्फत सार्वजनिक समेत गरेकी छन्। तस्विरमा कोमल वली र जितु पनि देखिएका छन्। ओलीको साथमा हुँदा करिश्मा देखि जितु सम्म हँसमुख देखिएका छन्।

ओलीलाई भेटेपछि करिश्माले ओलीको नजिक बसेर उनका कुरा सुन्दा आफूलाई आनन्द लागेको फेसबुकमा उल्लेख गरेकी छन्। उनले फेसबुकमा लेखेकी छन्,”उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो।”

साथै करिश्माले फेसबुक पोस्ट मार्फत सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्व दिएकोमा र चासो मानेर आफ्ना कुराहरु सुनिदिएकोमा ओलीलाई धन्यवाद पनि दिएकी छन्।

“सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भयेकोमा आदरणीय के .पी ओलिज्युलाई धेरै धन्यवाद ।”,करिश्माले फेसबुकमा लेखेकी छन्।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८२२:२५

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन