रोनाल्डोका आलोचकलाई ओलेले दिए दह्रो झाप्पड, भन्छन्-‘रोनाल्डो जस्तो कोहि छैन’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नर सोल्सजायर बुधबार एटलान्टालाई पराजित गरेपछि आफ्नो स्टार फरवार्डको प्रशंसा गरेर थाकेनन्। पोर्चुगिज स्टारको गोलले म्यानचेस्टर युनाईटेडलाई बुधबार जित दिलाएसँगै ओलेले क्रिस्टियानो रोनाल्डोको प्रयासको आलोचना गर्नेहरुलाई निशाना बना एका छन्।

बुधबार राति भएको च्याम्पियन्स लिग खेलमा पहिलो हाफमा २-० ले पछाडी परेको स्थितिलाई पल्टाउँदै ३-२ को जीत निकाल्ने क्रममा ३६ वर्षीय स्ट्राइकरले निर्णायक गोल गरे। युनाइटेडका लागि मार्कस र्यासफर्ड र ह्यारी मग्वायरले गोल गरे। पछिल्ला केहि हप्तामा रोनाल्डोले टोलीका लागि सहयोग नगर्ने र डिफेन्समा कुनै पनि मद्दत प्रदान नगर्ने भन्दै उनको आलोचना हुँदै आएको छ।

तर नर्वेजियन प्रशिक्षकले भने रोनाल्डोको निर्णायक गोलले उनी कति उत्कृष्ट छन् भन्ने दर्शाउँने जनाएका छन्। बिटी स्पोर्टसँग कुरा गर्दै सोल्सजायरले भने,”उनले पहिलो हाफमा मौका पाए तर मार्कसले निरन्तरता दिइरहे। उनी हाम्रो लागि निकै महत्वपूर्ण खेलाडी हुन्। त्यो ह्यारीको सादाहरण गोल थिएन। उनीबाट यस्तो गोल अपेक्षा गरिएको थिएन।”

“रोनाल्डो निकै उत्कृष्ट थिए। यदि कोहि उनको प्रयास र कामको आलोचना गर्न चाहन्छ भने यो खेल हेर्नुहोस्। हेर्नुहोस् उनी कसरी वरिपरि दौडन्छन्,” उनले भने, “जसरी रोनाल्डोले नेतृत्व गरे म निकै नै खुसी छु। विपक्षीलाई दबाब दिनु, डिफेन्स लाइनमा झर्नु र अन्त्यमा स्प्रिन्ट गर्दै गोल गर्ने सहि स्थानमा पुग्नु। एक सेन्टर फरवार्डले गर्नुपर्ने हरेक कार्य उनले गरेका छन्। गोल त संसार मै सबैले भन्दा धेरै गर्छन्।”

यसै सिजन मात्र १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले आफ्नो पहिलो ८ खेलमा ६ गोल गरिसकेका छन्, जसमा ३ गोल च्याम्पियन्स लिगमा आएको छ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८०८:५०

मेस्सी-रोनाल्डो-बेन्जेमा: ब्यालुन डी ओरका लागि तीन क्लासिको भिडन्त !