संसारभर फ्रान्स फुटबलका १७० संवाददाताहरु छरिएका छन् जसमा २०२१ मा विश्वको सर्वश्रेष्ठ खेलाडी छनौट गर्ने जिम्मेवारी रहेको छ। भोट गर्ने प्रणाली अक्टोबर ९ बाट सुरु भएको थियो भने अक्टोबर २४ बाट समाप्त हुँदैछ।
फुटबल क्यालेन्डरमा भोट गर्ने अन्तिम दिन उक्त अवार्ड जित्ने आशा राखेका तीन ठूला नामहरुको लागि तीन रोमाञ्चक फिक्स्चर सूचित रहेको छ, करिम बेन्जेमा, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सबै कठिन विपक्षीको सामना गर्दैछन्। यी तीन स्टार मध्ये बेन्जेमाले पहिलो खेल खेल्नेछन् जब २४ अक्टोबर बेलुका ८ बजे रियल म्याड्रिडले बार्सिलोनाको सामना गर्नेछ। त्यस्तै, सोहि दिन बेलुका ९:१५ मा रोनाल्डोको युनाइटेडले लिभरपुलको सामना गर्दा मेस्सीले राती १२:३० मा मार्सेलको सामना गर्नेछन्।
पेरिसमा २९ नोभेम्बर सम्म विजेताको नाम घोषणा नभए पनि आइतबार सबै कुराको निर्णय हुन सकिन्छ। यी तीनै मात्र दावेदार होइनन्। रोबर्ट लेवान्डोव्स्की र जोर्गिन्हो दुबैलाई लाग्छ कि उनीहरुले यस पुरस्कार हात पार्ने ठूलो मौका छ।
ब्यालुन डी ओर २०२१ का लागि सार्वजनिक भएको मनोनयन यस प्रकार छ:-
गोलरक्षक – जियानलुइजी डोन्नररुम्मा (पीएसजी)
डिफेन्डर – लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी)
मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी)
फरवार्ड – रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), ह्यारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पीएसजी), नेयमार (पीएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पीएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड)