रोनाल्डोले छाडेपनि युभेन्टसलाई परेन असर, रोनाल्डो गएपछि झनै बलियो !

एजेन्सी – सन् २०१८ को जुलाई महिना इटालियन क्लब युभेन्टसका लागि धेरै नै विशेष रह्यो। त्यहि महिना युभेन्टसले विश्वकै उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो। रोनाल्डोको युभेन्टसमा आगमनले युभेन्टसका खेलाडी देखि समर्थक सम्म उत्साहित थियो।

रोनाल्डो भित्र्याउँदा उनीहरुको एउटै सपमा थियो – च्याम्पियन्स लिग जित्ने। रोनाल्डो भित्र्याएपछि च्याम्पियन्स लिगमा आफूहरुको बलियो उपस्थित रहन्छ र जित्ने सम्भावना पनि बढ्छ भन्ने उनीहरुले सोचेका थिए। तर सोचेको जस्तो हुन सकेन। रोनाल्डोको उपस्थित भएर पनि युभेन्टसले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सकेन।

युभेन्टसका लागि रोनाल्डो राम्रो गोलकर्ता त पक्कै बन्न सके। युभेन्टसलाई च्याम्पियन्स लिगमा बलियो क्लबको रुपमा उभ्याउन रोनाल्डोको उपस्थिति पर्याप्त रहेन। त्यति मात्र होइन युभेन्टसले लगातार जित्दै आएको घरेलु लिग पनि सन् २०२० मा चिप्लियो। सन् २०२०-२०२१ को सिजनमा युभेन्टस बल्ल च्याम्पियन्स लिगका लागि छनौट भयो।

युभेन्टसको यस्तो अवस्था पछि रोनाल्डो पनि सन्तुष्ट हुन सकेनन्। फलस्वरूप उनले युभेन्टस छाड्ने निर्णय गरे। ठूलो प्रयास पछि उनी म्यानचेस्टर युनाइटेड पुगे। रोनाल्डो गएपछि केहि खेल सम्म उनको अभाव युभेन्टसका स्पष्ट रुपमा देखियो। तर क्रमिक रुपमा युभेन्टसमा सुधार भए।

प्रशिक्षकको रुपमा मासिमिलियानो एलेग्री आएपछि उनले जस्तो रणनीतिक योजनाहरु लागू गरिरहेका छन् र मौका पाइरहेका खेलाडीहरुले जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले युभेन्टसलाई अहिले पुनः बलियो स्थानमा उभ्याएको छ।

सात खेलमा अपराजित

सिजनको शुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेपछि पछिल्ला खेलहरुमा युभेन्टसले राम्रो लय समातेको छ। युभेन्टसले सिजनको शुरुवातका ४ खेलमा एक जित पनि निकाल्न सकेको थिएन। तर पछिल्ला ७ खेलमा भने युभेन्टसले जित निकालेको छ। च्याम्पियन्स लिगमा पनि युभेन्टस अहिले सम्म शतप्रतिशत विजयी भएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१०:२२

रोनाल्डोले छाडेकोमा युभेन्टस खेलाडी उत्साहित: भन्छन् – अलि छिटो छाडेको भए राम्रो हुन्थ्यो