काठमाडौँ – नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली नरहेपनि देशभरको मौसममा आंशिक देखि सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
२०७८ कार्तिक ०५ गते (शुक्रबार)
दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने छ।प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०६ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०७ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

