प्रेमि शरदको अंगालोमा मख्ख इन्दिरा, यसो लेख्दै पोखिन् भावना ! [तस्विर सहित]

काठमाडौँ – गायिका इन्दिरा जोशी र शरद केडिया बीच प्रेम रहेको सायदै धेरैलाई थाहा थियो। इन्दिरा र शरद प्रेम सम्बन्धमा रहेको तब मात्र सबैलाई थाहा भयो, जब उनीहरुले आफ्नो सम्बन्ध सार्वजनिक गर्ने निर्णय गरे।

अन्य कलाकार तथा सेलिब्रिटीहरुको प्रेम सम्बन्ध बारे समय-समयमा हल्ला चल्ने गरेको भएपनि इन्दिरा भने आफ्नो सम्बन्धलाई लुकाउन सफल भएकी थिइन्। इन्दिरा र शरद बीच इन्गेजमेन्ट गर्ने तयारी भैरहेको छ।

केहि समय अगाडी मात्रै शरदले इन्दिरालाई औँठी लगाइदिएका थिए। हेलिकोप्टर चार्टरमा खुम्बु पुगेक बेला प्रेमी शरदले इन्दिरालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए। जसलाई इन्दिराले स्वीकार गरिदिएकी थिइन्। लगतै इन्दिराले सामाजिक संजाल मार्फत आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन्।

यसै बीच इन्दिराले शरदसँगको अर्को एक तस्विर पनि सार्वजनिक गरेकी छन्। इन्दिराले सामाजिक संजाल मार्फत प्रेमि शरदसँगका थप तस्विर सार्वजनिक गरेकी हुन्। तस्विर सार्वजनिक गर्दै इन्दिराले लेखेकी छन्,”मेरो अंगालो तिम्रो लागि, तिम्रो अंगालो मेरो घ​र”

 

View this post on Instagram

 

A post shared by Indira Joshi (@indira_joshi)

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१२:३१

राजेश हमालले बच्चा नजन्माएकोमा रोशनी शाहीलाई खसखस …