राजेश हमालले बच्चा नजन्माएकोमा रोशनी शाहीलाई खसखस …

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएर विवादमा आएकी रोशनी शाहीले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई कटाक्ष गर्दै दशैंको शुभकामना दिएकी छन्।

महरालाई विभिन्न आरोप लगाएकी शाहीले सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिंदै आएकोमा पछिल्लो पटक महानायक हमाललाई कटाक्ष गरेकी हुन्।

शाहीले हमालको जीवनशैली र व्यक्तिगत जीवन माथि प्रश्न उठाएकी छन्। शुभ समाचार कहिले सुन्न पाइन्छ भन्ने प्रश्न शाहीको छ। शुभ समाचार कहिले सुन्न पाइन्छ भन्ने प्रश्न गरिरहँदा शाहीले हमालको उमेरलाई पनि जोडेकी छन्। शाहीले सन्तान उत्पादनको विषयमा प्रश्न गर्न खोजेको स्पष्टसँग बुझ्न सकिन्छ।

“राजेशज्यू, कहिले हो शुभ समाचार सुन्न पाइने? भर्खर घुँडाको स्टाइल बनाउँदै हुनुहुन्छ, यस्तै चाला हो भने ६० वर्षमा त पक्कै होला। ५२–५५ त भैसक्नुभयो।”,शाहीले फेसबुकमा लेखेकी छन्।

साथै शाहीले आफू पाटन क्याम्पस पढ्दा राजेश हमालसँग भेट भएको स्मरण पनि गरेकी छन् भने हमाललाई ढिलै भएपनि दशैँको शुभकामना पनि दिएकी छन्। शाही फेसबुकमा लेख्छिन्,”ऊबेला पाटन क्यम्पसअगाडि आउँदा तपाइँलाई भेट्न हामी मरिमेट्थेउँ। त्यतिबेलाको मेरो कपीको पानामा तपाईँले आफ्नो प्लस मेरो नाम लेखेको धमिलो भए पनि प्रस्ट बुझिन्छ। ढिलै भए पनि दसैंको शुभकामना।”

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८११:४३

अन्ततः पलसँगको सम्बन्ध बारे समिक्षाले मुख खोलिन्, सबै छर्लङ्ग पारिन् !