रोनाल्डो भर्सेस सलाह: ओलेको नजरमा को उत्कृष्ट ?

एजेन्सी – प्रिमियर लिगका चिर-परिचित प्रतिद्वन्दी क्लब म्याँच म्यानचेस्टर युनाइटेड र लिभरपुल आइतबार एकअर्काको सामना गर्दैछन्। प्रिमियर लिग दौडमा रहेका दुवै क्लब बीचको खेल आइतबार नेपाली समय अनुसार रातको ९ बजेर १५ मिनेटमा शुरु हुनेछ।

उच्च लयमा रहेका मोहम्मद सलाह लिभरपुलका मूख्य आकर्षण हुन् भने युनाइटेडका क्रिस्टियानो रोनाल्डो माथि सबैको नजर रहनेछ। प्रिमियर लिगमा सलाह र रोनाल्डो बीच प्रिमियर लिगको शिर्ष गोलकर्ताका लागि स्पष्ट प्रतिष्पर्धा हुने छनक देखिसकेको छ। यस्तो अवस्थामा दुवैले एक-अर्काको सामना गर्दैछन्। दुवै खेलाडी आइतबार गोल गर्ने दाउमा हुनेछन्।

सलाह उत्कृष्ट लयमा रहेका बेला खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साएरलाई सलाह र रोनाल्डोमा को उत्कृष्ट भनेर सोधियो। जवाफमा ओलेले आफ्ना लागि रोनाल्डो नै उत्कृष्ट रहेको बताए।

रोनाल्डो अद्वितीय रहेको र उनको गोल गर्ने कीर्तिमान शानदार रहेको ओलेको भनाई छ। त्यसो भनिरहँदा सलाह अहिले उच्च लयमा रहेको कुरालाई पनि नजरअन्दाज गर्न नहुने ओलेले बताए। सलाहलाई रोक्न सबै बल लगाउने ओलेको योजना छ।

लिभरपुलका तीन खेलाडीको प्रशंसा

ओलेले लिभरपुलका आक्रमण पङ्तीको आफू प्रशंसक रहेको पनि बताए। लिभरपुलका आक्रमण पङ्ती सम्हाल्ने साडियो माने, बबी फर्मिनोको पनि आफू प्रशंसक रहेको ओलेको भनाई छ। आफूहरुको पूरा ध्यान सलाह, माने, फर्मिनो र जोटा जस्ता खेलाडीहरु हुने ओलेको भनाई छ। क्लिन शीटका लागि आफूहरु ९५ मिनेट सम्मै डटेर लड्ने ओले बताउँछन्।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८२०:२१

क्लोपको नजरमा सलाह र रोनाल्डो बीच तुलना हुनै सक्दैन, बताए यस्तो कारण !